सोमबार, असार २९, २०८३

खेलाडीको तलबका लागि हस्ताक्षर संकलन गरेर आईसीसीलाई पठाइयो

नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको तलब पठाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई अपिल गरेको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं– नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको तलब पठाउन अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)लाई अपिल गरेको छ। उसले आज आईसीसीलाई पत्र लेख्दै खेलाडीको तलबका लागि अपिल गरेको हो।

“खेलाडीले सन् २०१९ डिसेम्बरसम्मको तलब पाउने छन्,” क्यानका अध्यक्ष अशोकनाथ प्याकुरेलले भने।

क्यानले यसअघि पनि आईसीसीलाई नेपालका राष्ट्रिय खेलाडीको तलब माग गरिसकेको छ। त्यसको प्रतिउत्तरमा आईसीसीले खेलाडीको हस्ताक्षर संकलन गरेर पठाउन भनेपछि क्यानले आज खेलाडीको हस्ताक्षरसहितको पत्र पठाएको हो।

नेपाली क्रिकेट खेलाडीले सन् २०१९ देखिको तलब पाएका छैनन्। क्यान निलम्बनको अवस्थामा नै रहँदा राष्ट्रिय खेलकुद परिषद्(राखेप)को समन्वयमा सन् २०१८ मा पनि दुई वर्षको तलब एकैपटक पाएका थिए।

नेपालका राष्ट्रिय खेलाडीलाई तीन ग्रेडमा विभाजन गरिएको छ। ‘ए’ ग्रेडका खेलाडीले ३५ हजार, ‘बी’ ग्रेडका खेलाडीले २५ हजार र ‘सी’ ग्रेडका खेलाडीले १५ हजार रुपैयाँ पाउने व्यवस्था छ।

क्यानले खेलाडीको बिमा गरिदिने

क्यानले ३६ नेपाली क्रिकेटरको कोरोना बिमा गरिदिने भएको छ। उसले महिला र पुरुष १८–१८ खेलाडीको गरि कूल ३६ जनाको बिमा गरिदिने भएको हो।

“क्यानले आन्तरिक स्रोतबाट नै बिमा गर्न लागेको हो। त्यसमा बिमा कम्पनीले पनि केही प्रतिशत छुटको व्यवस्था गरिदिएको छ,” अध्यक्ष प्याकुरेलले भने।

प्रकाशित: Aug 20, 2020| 19:09 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।