नयाँ दिल्ली– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भर्खरै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पूर्वकप्तान महेन्द्र सिंह धोनीलाई पत्र लेख्दै क्रिकेटमा दिएको योगदानका लागि धन्यवाद व्यक्त गरेका छन्।
मोदीले धोनीको संन्यासले १ अर्ब ३० करोड मानिस निराश भए पनि पूर्वकप्तान् धन्यवादको पात्र भएको बताएका छन्।
धोनीले गत अगस्ट १५ मा सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भिडियो राख्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए।
चिठ्ठीमा के लेखे मोदीले ?
१. खेलमा तपाईंले कुन हेयरस्टाइल राख्नुभयो त्यो महत्वपूर्ण होइन। तर जित होस् वा हार तपाईंको मन र दिमाग सधै शान्त रह्यो। देशका युवाहरुको लागि यो सबैभन्दा महत्वपूर्ण कुरा हो। र, यो याद रही रहनेछ।
२. म भारतको सशस्त्र बलमा तपाईंलाई जोड्ने खास कुराबारे तपाईंसँग कुरा गर्न चाहन्छु। तपाईं आर्मीका साथीहरुसँग जोडिएर धेरै खुसी हुनुभएको थियो।
३. देशको मौजुदा पिँढी फैसला गर्ने हालतमा हिम्मत छोड्दैनन्, हामीले यो कुरा तपाईंको धेरै पारीमा देखेका छौं।
४. तपाईंको क्रिकेट करियरको तथ्यांकको आधारमा देख्न सकिन्छ कि तपाईं भारतको सबैभन्दा सफल कप्तानमध्ये पर्नुहुन्छ। तपाईंको कोशिसले भारत विश्वभर क्रिकेट बरियताको नम्बर एकमा समेत पुगेको थियो। तपाईंको नाम विश्वभरका राम्रा ब्याट्सम्यानको तालिकामा राखिनेछ। तपाईं विश्वकै उत्कृष्ट विकेट किपरसमेत हुनुहुन्छ।
५. मुश्किल अवस्थादेखि निस्किएर तपाईंको खुबी राम्रो रह्यो। खेल सक्ने तपाईंको अन्दाज अद्भूत छ। खासगरी २०११ को विश्वकप सबैको मनमा रहिरहने छ।
मोदीले पठाएको चिठ्ठीको तस्बिर धोनीले आफ्नो ट्वीटर ह्यान्डलमा समेत सेयर गरेका छन्। धोनीले प्रधानमन्त्रीलाई धन्यवाद दिँदै लेखेका छन्, ‘एक कलाकार, फौजी र खेलाडीलाई यतिमात्र चाहिन्छ कि उसको हौसला बढिरहोस् र कडा मेहनत, बलिदान सबैले याद गरुन्। तारिफ र शुभकामनाका लागि तपाईंलाई धन्यवाद प्रधानमन्त्री मोदी ।’