सोमबार, असार २९, २०८३

इंग्लिस प्रिमियर लिगको तालिका सार्वजनिक

प्रिमियर लिगको आउँदो सिजनको तालिका बिहीबार(आज) सार्वजनिक गरेको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

लन्डन– प्रिमियर लिगको आउँदो सिजनको तालिका बिहीबार (आज) सार्वजनिक भएकाे छ। ब्रिटिस समर टाइमअनुसार बिहान ९ बजे (नेपाली समय अनुसार दिउँसो १ बजे) तालिका सार्वजनिक भएकाे हो।

तालिकाअनुसार पहिलो खेल लिभरपुलले लिड्ससँग खेल्नेछ। लिभरपुल प्रिमियर लिगको लिगविजेता हो भने लिड्स युनाइटेड दोस्रो डिभिजन लिग च्याम्पियनसिपको लिगविजेता हो। उ अघिल्लो सिजनबाट बढुवा भएर प्रिमियर लिगमा प्रवेश गरेको हो।

प्रिमियर लिगको आउँदो सिजन सेप्टेम्बर १२ बाट सुरु भएर २३ मे २०२१ मा अन्त्य हुने तय छ। कोरोना महामारीका कारण पछिल्लो सिजन लामो भएकाले आउँदो सिजनको प्रिमियर लिग पाँच हप्ता छोटो हुने भएको हो।

पाँच हप्ता छोटो बन्दा प्रिमियर लिगले जाडोमा हुने ब्रेकलाई पनि छोटो बनाइएको छ। साथै युरोपियन प्रतियोगितामा सामेल प्रिमियर लिग क्लबहरु आउँदो सिजनमा केही ढिलो सुरुवात गर्ने छन्।

जहाँ म्यानचेस्टर सिटी च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुगेको थियो भने न्यानचेस्टर युनाइटेड युरोपा लिगको सेमीफानलसम्म पुगेको थियो। यी दुवै क्लब प्रिमियर लिगको पहिलो हप्तान्तमा सहभागी हुने छैनन्। उनीहरुले २२ सेम्टेम्बरबाट प्रिमियर लिग सुरु गर्नेछन्।

इंग्लिस फुटबलको नियम अनुसार दुई सिजनको बीचमा एक महिनाको ब्रेक हुनु जरुरी छ। साथै च्याम्पियनसिप, लिग वान र लिग टू को फिक्चर शुक्रबार जारी गरिने भएको छ।

यस्तो छ पहिलो हप्तान्तको फिक्चरः

१२ सेप्टेम्बर

क्रिस्टल प्यालेस र साउथह्याम्टन

फुलहाम र आर्सनल

लिभरपुल र लिड्स युनाइटेड

टोटेनहम हट्सपुर र एभर्टन

वेस्ट ब्रोमविच र लेस्टर सिटी

१४ सेप्टेम्बर

ब्राइटोन र चेल्सी

सेफिल्ड युनाइटेड र वुल्भ्स

टेलिभिजनसँग समन्वय गरेर खेलको समय निर्धारण गरिने प्रिमियर लिगले बताएको छ।

यता, म्यान्चेस्टर सिटीले पहिलो खेलमा एस्टोन भिल्लासँग खेल्नेछ भने युनाइटेडले बर्नलीसँग खेल्नेछ। यी दुई खेल भने रिसेड्युल गरिएको छ।

– बीबीसी

प्रकाशित: Aug 20, 2020| 14:20 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।