सोमबार, असार २९, २०८३

मेस्सीसँग कुराकानीको पर्खाइमा छु : प्रशिक्षक कोयमेन

बुधबार स्पेनिस क्लब बार्सिलोनामा प्रशिक्षकका रुपमा नियुक्त भएपछि डच प्रशिक्षक रोनाल्ड कोयमेनले क्लबसँग बेखुसी रहेका लियोनेल मेस्सीसँग कुराकानीको पर्खाइमा रहको बताएका छन्।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

बार्सिलोना– बुधबार स्पेनिस क्लब बार्सिलोनामा प्रशिक्षकका रुपमा नियुक्त भएपछि डच प्रशिक्षक रोनाल्ड कोयमेनले क्लबसँग बेखुसी रहेका लियोनेल मेस्सीसँग कुराकानीको पर्खाइमा रहको बताएका छन्। उनले मेस्सीसँगको कुराकानी क्लबको आगामी कार्यदिशाका लागि योजना हुने बताएका छन्।

कोयमेनको विचारलाई बार्सिलोनाका अध्यक्ष जोसेप मरिया बर्टोमाउले बार्सिलोनाका कप्तान मेस्सीका पिता जर्ज मेस्सीलाई बताएका थिए। पिता जर्जले कोयमेनको कुरा सकारात्मक रहेको भन्दै छोरासँग कुरा गरेर अघिको बारेमा सोच्ने बताए।

यता बार्सिलोना मेस्सीले क्लबका लागि के गर्न सक्छन् भन्दा पनि क्लबले मेस्सीलाई कसरी फकाउन सक्छ भन्ने अवस्थामा पुगिसकेको फुटबल पण्डितहरु बताउँछन्। निकट भविष्यमा नै कोयमेन, मेस्सी र बर्टोमाउ सँगै बसेर कुराहरुको बारेमा छलफल गर्ने सम्भावना बढेको छ।

तर, मेस्सी अहिले बिदा मनाइरहेका छन्। उनी धेरै जनाको पहुँचमा छैनन्। त्यसैले उनको नजिक रहेका साथी र परिवारले उनलाई सम्झाउने काम गरिरहेको बीबीसीले जनाएको छ।

यता, बार्सिलोनामा केही समययता चलेका हल्लाहरुले मेस्सी ज्यादै आक्रोशित बनेका छन्। हल्ला पनि यस्ता छन् कि क्लब मेस्सीले नै चलाइरहेका छन्। प्रशिक्षक ल्याउने र हटाउने साथै कुन खेलाडी ल्याउने र कुनलाई नल्याउने भन्ने कुरामा मेस्सीकै हात हुन्छ।

समर्थकमाझ चलेका यस्ता कुराले मेस्सीलाई अवाक् बनाइरहँदा गत शुक्रबार जर्मन क्लब बायर्न म्युनिखसँगको लज्जास्पद हारले उनलाई थप निराश बनाएको छ।

गएको सिजनमा पनि उनले क्लबलाई कुनै उपाधि दिलाउन सकेनन्। तर पनि ला लिगामा सर्वाधिक गोलकर्ता बनेर व्यक्तिगत पीपीची अवार्ड भने जिते।

बुधबार प्रशिक्षकमा नियुक्त भएका कोयमेनले भने, ‘मेस्सीको सम्झौता अझै सकिएको छैन। उनी अझै बार्सिलोनकै खेलाडी हुन्। यस्तो समयमा मैले उनसँग कुरा गर्नुपर्छ किनभने उनी क्लबका कप्तान हुन्।’

उनले थपे, ‘प्रशिक्षकका रुपमा म मेस्सीसँग काम गर्न चाहन्छु। किनभने उनले खेल जित्छन्। उनी सकेसम्म जहिल्यै पनि उत्कृष्ट खेल्छन्। र, म विश्वका राम्रा खेलाडी आफैंविरुद्ध खेलुन् भन्ने चाहन्नँ।’

–बीबीसी

 

प्रकाशित: Aug 20, 2020| 13:47 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।