मंगलबार, जेठ ५, २०८३

पशु सेवा विभागले भन्यो, ‘कुुखुराको मासु र अण्डा खाँदा कोरोना सर्दैन’

विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनले कुनै पनि जनावर वा पन्छीबाट कोरोना भाइरस सर्ने आधार नभएको जनाएका छन्।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

काठमाडौं– पुश सेवा विभागले कुखुराको मासु र अण्डा खाँदा कोरोना भाइरस नसर्ने प्रष्ट पारेको छ।

National life

विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालहरुमा कुखुराको मासुमा कोरोना जस्ता समाचारहरु प्रकाशन तथा प्रसारण भएपछि विभागले विज्ञप्ति निकालेर मासु र अण्डा खाँदा फरक नपर्ने प्रष्ट पारेको हो।

विभागका महानिर्देशक डा. बंशी शर्माले मासु र अण्डा नियमित सेवनबाट कोरोना भाइरसविरुद्ध लड्न रोगप्रतिरधि क्षमता अभिवृद्धि हुने र अन्य संक्रमणबाट जोगिनका लागि आवश्यक प्रोटिन र अन्य पोषकतत्वहरु मासु र अण्डाबाट उपलब्ध हुने बताएका छन्।

‘हालसम्म विश्व स्वास्थ्य संगठन, विश्व पशु स्वास्थ्य संगठन लगायत अन्य अनुसन्धान निकायबाट समेत कुनै पनि जनावर वा पन्छीबाट कोरोना भाइरस सर्ने वैज्ञानिक आधार नरहेको उपभोक्तालाई अनुरोध गर्न चाहन्छु,’ उनले विज्ञप्तिमा भनेका छन्।

भ्रामक एवम् कपोकल्पित समाचारहरु प्रकाशित नगर्न नगराउन र आम उपभोक्ता समेत यस्ता तथ्यहीन समाचारबाट भ्रमित नहुन समेत विभागले अनुरोध गरेको छ।

प्रकाशित: Aug 20, 2020| 11:20 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्