सोमबार, असार २९, २०८३

सन्दीपको टिम तल्लावाजको सुखद् सुरुवात

अगस्ट १८ बाट सुरु भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम जमैका तल्लावाजले सुरुवाती जित निकालेको छ।
 |  बिहीबार, भदौ ४, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, भदौ ४, २०७७

ट्रिनिडाड एण्ड टोबागो– अगस्ट १८ बाट सुरु भएको क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित टिम जमैका तल्लावाजले सुरुवाती जित निकालेको छ। उसले सेन्ट लुसिया जोउक्सलाई ५ विकेटले हराउँदै पहिलो जित निकालेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको सेन्ट लुसियाले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १५८ रन बनायो। १५९ रनको लक्ष्यका साथ जवाफी ब्याटिङमा आएको तल्लावाजले १८.५ ओभर खेल्दै पाँच विकेटको क्षतिमा १६० रन पूरा गरेर लक्ष्य भेट्टायो।

तल्लावाजका आसिफ अलीले ५ चौका र २ छक्काका साथ अर्धशतक बनाउन तीन रनले चुके। त्यस्तै ग्लेन फिलिप्सले ४४ रन बनाउँदा कप्तान रोवमन पावेलले २६ रनको योगदान दिए। यसबाहेक अन्य खेलाडीले सम्झनायक प्रर्दशन गरेनन्।

सेन्ट लुसियाका केस्रिक विलियम्सले २ विकेट गिराए।

पहिलो इनिङमा रुस्तोन चेजले आफ्नो पहिलो अर्धशतक बनाए। उनले ४ चौका र २ छक्काको मद्दतमा ५२ रनको पारी खेले। त्यस्तै, जर्दानले २५ रन बनाए भने आन्द्रे फ्लेट्चरले २२ रनको योगदान दिए।

तल्लावाजका भीरस्मय प्रेमालु र मुजिव उर रहमानले समान २–२ विकेट लिए। ब्रियन लारा मैदानमा ताल्लावाजले १५९ रनको लक्ष्य पछ्याइरहेको छ।

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले जारी सिजनमा आफ्नो पहिलो खेलमै विकेट लिए। तल्लावाजका सन्दीपले खेलको १४.२ ओभरमा सेन्ट लुसिया जौक्सका नैजिबुल्लाह जर्दानलाई मैदान बाहिर पठाए।

– ईएसपीएन क्रिकइन्फो

प्रकाशित: Aug 20, 2020| 08:14 बिहीबार, भदौ ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।