सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सीपीएलको आफ्नो पहिलो खेलमै सन्दीपले लिए विकेट, ताल्लावाजलाई १५९ रनको लक्ष्य

सीपीएलको आफ्नो पहिलो खेलमै सन्दीपले लिए विकेट, ताल्लावाजलाई १५९ रनको लक्ष्य

नेपालका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)को जारी सिजनमा आफ्नो पहिलो खेलमै विकेट लिएका छन्।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

ट्रिनिडाड एण्ड टोबागो– नेपालका लेग स्पिनर सन्दीप लामिछानेले क्यारेबियन प्रिमियर लिग (सीपीएल)को जारी सिजनमा आफ्नो पहिलो खेलमै विकेट लिएका छन्।

जमैका तल्लावाजका सन्दीपले जारी खेलको १४.२ ओभरमा सेन्ट लुसिया जौक्सका नैजिबुल्लाह जर्दानलाई मैदानबाहिर पठाए।

उनले ४ ओभर बलिङ गर्दै ५.७५ को इकोनोमी राखेर एक विकेट लिए।

टस हारेर ब्याटिङको निम्तो पाएको सेन्ट लुसियाले पूरा ओभर खेल्दै ७ विकेटको क्षतिमा १५८ रन बनायो। जहाँ रुस्तोन चेजले खेलमा आफ्नो पहिलो अर्धशतक बनाए। उनले ४ चौका र २ छक्काको मद्दतमा ५२ रनको पारी खेले। त्यस्तै, जर्दानले २५ रन बनाए भने आन्द्रे फ्लेट्चरले २२ रनको योगदान दिए।

यता तल्लावाजका भीरस्मय प्रेमालु र मुजिव उर रहमानले समान २÷२ विकेट लिए।

ब्रियन लारा मैदानमा ताल्लावाजले १५९ रनको लक्ष्य पछ्याइरहेको छ।ईएसपीएन क्रिकइन्फो

प्रकाशित: Aug 19, 2020| 22:14 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।