शनिबार, असोज १७, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • तरलताको चरम अभावमा बैंक, एकैदिन सापटी लिए साढे ११ अर्ब रुपैयाँ

तरलताको चरम अभावमा बैंक, एकैदिन सापटी लिए साढे ११ अर्ब रुपैयाँ

पछिल्लो समयमा बैंकिङ् क्षेत्रमा तरलता अभाव चर्किँदै गएको छ। यसको स्पष्ट प्रमाण हो, सोमाबार एकैदिन बैंक तथा वित्तिय संस्थाहरुले ६ पटक गरी ११ अर्ब ४४ करोड रुपैयाँ बराबरको स्थायी तरलता सुविधा (एसएलएफ) चलाएका छन्।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं- पछिल्लो समयमा बैंकिङ क्षेत्रमा तरलता अभाव चर्किँदै गएको छ। तरलता अभाव भएपछि सोमबार एकैदिन बैंक तथा वित्तीय संस्थाहरूले ६ पटकमा ११ अर्ब ४४ करोड रुपैयाँको सापटी स्थायी तरलता सुविधा (एसएलएफ) चलाएका छन्।

बजेट समयमा नै पारित नभएर केही दिन सरकारको खर्च रोकिएपछि बैकिङ क्षेत्रमा तरलता अभाव थप चर्किन थालेको हो। असोज २ र ३ गतेको बिदापछि खुलेको राष्ट्र बैंकमा एकै दिन बैंकहरुले ११ अर्ब ४४ करोड रुपैयाँ बराबरको ऋण माग गरेका हुन्। 

नेपाल राष्ट्र बैंकबाट लिइएको सो रकमको लागि बैंकहरुले ५ प्रतिशत ब्याज तिर्नुपर्छ भने एक हप्तासम्म मात्र चलाउने पाउँछन्।

त्यस्तै गरी बैंकहरुले एक रातका लागि मात्र बैंकबाट पाउने रिपो सुविधा एक अर्ब १७ करोड रुपैयाँ उठाएका छन्। उनीहरुले सिडि रेसियो मेन्टेन गर्न र निक्षेपकर्ताहरुलाई निक्षेप लिन आएमा फिर्ता दिनको लागि लिएका हुन्। 

त्यस्तै सोमबार बैंकहरुले एक अर्को बैंकसँग लिने सापटी (अन्तरबैंक सापटी) को ब्याजदर पनि बढेर चार दशमलव ९८ प्रतिशत पुगेको छ।

नेपाल राष्ट्र बैंकका अनुसार अन्तरबैंक सापटी पाँच प्रतिशतभन्दा बढी हुन हुँदैन। चालु आर्थिक वर्षको दुई महिनामा मात्र बैंकहरुले तीन खर्ब ६६ अर्ब ७३ करोड रुपैयाँ बराबरको एसएलएफ सुविधा लिइसकेका छन्।

प्रकाशित: Sep 20, 2021| 20:30 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्