सोमबार, असार २९, २०८३

बार्सिलोनाको प्रशिक्षकमा रोनाल्ड कोयनमेन नियुक्त

स्पेनिस क्लब बार्सिलोनाले नेदरल्यान्डस् राष्ट्रिय फुटबल टिमका प्रशिक्षक रोनाल्ड कोयमेनलाई दुई सिजनको लागि प्रशिक्षकमा नियुक्त गरेको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

बार्सिलोना- स्पेनिस क्लब बार्सिलोनाले नेदरल्यान्डस् राष्ट्रिय फुटबल टिमका प्रशिक्षक रोनाल्ड कोयमेनलाई दुई सिजनको लागि प्रशिक्षकमा नियुक्त गरेको छ।

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा लज्जास्पद हार बेहोरेको तेस्रो दिन प्रशिक्षक क्विके सेटिएनलाई बर्खास्त गर्दै नयाँ प्रशिक्षक नियुक्ति प्रक्रिया थालेको बार्सिलोनाले आज (बुधबार) कोयमेनलाई नियुक्त गरेको हो।

बायर्नसँग ८-२ को हारपछि बार्सिलोनाका अध्यक्ष जोसेफ मारिया बर्टोमाउले प्रशिक्षक फेर्ने बताएका थिए। त्यससँगै नेदरल्यान्ड्‍मा प्रशिक्षण गरिरहेका डच प्रशिक्षक कोयमेनमाथि बार्सिलोनाको आँखा परेको थियो।

बार्सिलोनाको प्रशिक्षकमा नियुक्त भएसँगै कोयमेन नेदरल्याण्डस् छोडेर घर फर्किएका छन्। कोयमेनले क्याटलान क्लबमा सन् १९८९ देखि सन् १९९५ सम्म ६ सिजन खेलाडीको रुपमा बिताएका थिए।

उनले सन् १९९८ देखि २००० सम्म बार्सिलोनाको सहायक प्रशिक्षकका रुपमा पनि काम गरेका थिए। सहायक प्रशिक्षकबाट बाहिरिएको २० वर्षपछि उनी पुनः क्लबमा फर्किएका हुन्।

उनले यसअघि आयाक्स, बेनिफिका, भ्यालेन्सिया, साउथह्याम्टन, एभर्टन लागायतका क्लबमा प्रशिक्षण गरिसकेका छन्। उनी दुई वर्षअघि मात्र नेदरल्यान्डस्‌काे मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए।

यता, सेटिएनको प्रशिक्षणमा बार्सिलोना गत सिजनमा लिग बिजेता रियल मड्रिडभन्दा पाँच अंक पछि रहँदै लिग उपाधि गुमायो। यस्तै बार्सिलोना च्याम्पियन्स लिगको पछिल्ला पाँच सिजनमा चौथो पटक क्वार्टरफाइनलबाट बाहिरिएको छ।

गत शुक्रबार रातिको सो हारपछि सेटिएनले खेलाडीको स्क्वाडबारे नयाँ निर्णय गर्ने समय आएको बताएका थिए।

क्लबको अवस्था बिग्रँदै गएपछि बार्सिलोना बोर्डले अर्को वर्षको जुनमा हुने चुनाव मार्च १५ मा सारेको छ।

प्रकाशित: Aug 19, 2020| 16:50 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।