बुधबार, कात्तिक १९, २०८२

फ्रान्सद्वारा बेलायतसँगको रक्षा वार्ता रद्द

अस्ट्रेलिया, बेलायत र अमेरिका (ओकस) बीच यसअघि भएको रक्षा सम्झौताप्रति आपत्ति जनाउँदै फ्रान्सले राजदूत फिर्ता बोलाएको थियो।
 |  सोमबार, असोज ४, २०७८

बीबीसी

बीबीसी

सोमबार, असोज ४, २०७८

लन्डन- अमेरिका र अस्ट्रेलियाबाट आफ्नो राजदूत फिर्ता बोलाएको फ्रान्सले बेलायतसँगको रक्षा वार्ता रद्द गरेको छ। अस्ट्रेलिया, बेलायत र अमेरिका (ओकस) बीच यसअघि भएको रक्षा सम्झौताप्रति आपत्ति जनाउँदै फ्रान्सले राजदूत फिर्ता बोलाएको थियो। 

Kumaribank

यससँगै सोमबार फ्रान्सका रक्षामन्त्री फ्लोरेन्स पार्लीले आफ्नो बेलायती समकक्षीसँगको रक्षा वार्ता पनि रद्द गरेका छन्। अस्ट्रेलियाले परमाणु मिसाइल निर्माण गर्ने सम्झौतामा अस्ट्रेलियानले पनि हस्ताक्षर गरेपछि यसअघि फ्रान्ससँग भएको सम्झौता रद्द गरेको छ। आफूसँगको सम्झौता रद्द गरेको भन्दै अस्ट्रेलिया, बेलायत र अमेरिकासँग फ्रान्स आक्रोशित बनेको हो। 

फ्रान्सले रक्षा वार्तालाई पनि रद्द गरेपछि बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ओकस सम्झौताका विषयामा फ्रान्सले चिन्ता गर्नुपर्ने कुनै कारण नभएको बताएका छन्। 

तर, फ्रान्सका रक्षामन्त्री पार्लीले भने बेलायती समकक्षी बेन वैलससँगको वार्तामा आफू सहभागी नहुने जानकारी गराइसकेका छन्। फ्रान्सका लागि बेलायती राजदूत रहेका लर्ड रिकेट्स उक्त दुई दिने छलफलमा सहभागी हुने बताएकी थिइन्। रिकेट्सले बीबीसीसँगको कुराकानीमा उक्त वार्ता तत्कालका लागि स्थगित भएको र नयाँ मिति तय नभएको जानकारी दिइन्। 

यसअघि फ्रान्सले अमेरिका र अस्ट्रेलियाका लागि आफ्ना राजदूतहरुलाई फिर्ता बोलाएको थियो। फ्रान्सले विचार विमर्श गर्नका लागि आफ्ना राजदूत फिर्ता बोलाएको बताएको थियो। 

Metro Mart

हिन्द-प्रशान्त क्षेत्रमा चीनको प्रभाव ‘रोक्न’ अमेरिका, बेलायत र अस्ट्रेलियाबीच एक विशेष सुरक्षा सम्झौता भएको थियो। उक्त सम्झौता अनुसार अस्ट्रेलियालाई एक विशेष रक्षा प्रविधि उपलब्ध गराइने भएको छ। 

यही सम्झौता अनुसार अस्ट्रेलियाले फ्रान्सेली डिजाइनमा पनडुब्बी खरिद गर्ने सम्झौता पनि रद्द गरेको छ। अस्ट्रेलियाले जलसेनाका लागि सन् २०१६ मा १२ वटा पनडुब्बी निर्माणका लागि फ्रान्ससँग सम्झौता गरेको थियो। उक्त सम्झौता करिब ५० अर्ब अस्ट्रेलियन डलर बराबरको थियो।

उक्त सम्झौता खारेज भएपछि फ्रान्स आक्रोशित भएको हो। यसअघि फ्रान्सले सम्झौता खारेज गर्ने अस्ट्रेलियाको निर्णय ‘दूर्भाग्यपूर्ण’ भएको प्रतिक्रिया दिएको थियो। 

चीनलाई काउन्टर दिनका लागि भएको उक्त सुरक्षा सम्झौताप्रति चीनले पनि आक्रोश व्यक्त गरेको छ। चीनले उक्त सम्झौता अति नै गैरजिम्मेवार भएको आरोप लगाएको थियो। 

चीनसँग प्रतिद्वन्द्विता बढिरहेका बेला अमेरिकाले अस्ट्रेलिया र बेलायतसँग नयाँ गठबन्धन बनाएको हो। गत बुधबार भर्चुअल बैठकमार्फत अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले उक्त सम्झौताको घोषणा गरेका हुन्।

‘ओकस’ नाम दिइएको उक्त सम्झौतामा आर्टिफिसियल इन्टेलिजेन्स्, क्‍वान्टम टेक्नोलोजी र साइबर सुरक्षाका विषयलाई समेट्ने बताइएको छ।

यो सम्झौता विशेषगरी उच्च रक्षा प्रविधिको साझेदारीसँग सम्बन्धित छ। हिन्द–प्रशान्त महासागर क्षेत्रमा चीनको बढ्दो प्रभाव र सैन्य उपस्थितिलाई लिएर तीन देश चिन्तित भएको समयमा उक्त सम्झौता भएको हो।  


प्रकाशित: Sep 20, 2021| 19:54 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।