बुधबार, कात्तिक १९, २०८२

कहाँ-कहाँ छ वर्षा र हिमपातको सम्भावना ?

 |  बुधबार, कात्तिक १९, २०८२

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक १९, २०८२
Kumaribank
Metro Mart

काठमाडौं- हाल मुलुकका पश्चिमी भागमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुनेछ।

त्यसैगरी, आज राति देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ।

प्रकाशित: Nov 05, 2025| 07:52 बुधबार, कात्तिक १९, २०८२
प्रतिक्रिया दिनुहोस्