सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सीपीएल टी–२० : ट्रिनबागो र साबिक विजेता बार्बाडोसको विजयी सुरुवात

सीपीएल टी–२० : ट्रिनबागो र साबिक विजेता बार्बाडोसको विजयी सुरुवात

कोरोना महामारीबीच भइरहेको टी–२० क्रिकेट फ्रेन्चाइज प्रतियोगिता क्यारेबियन प्रिमियर लिगको उद्घाटन खेलमा गुएना अमेजन वारियर्सविरुद्ध ट्रिनबागो नाइट राइडर्सले ४ विकेटको जित निकालेको छ।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

ट्रिनिडाड एण्ड टोबागो– कोरोना महामारीबीच भइरहेको टी–२० क्रिकेट फ्रेन्चाइज प्रतियोगिता क्यारेबियन प्रिमियर लिगको उद्घाटन खेलमा गुएना अमेजन वारियर्सविरुद्ध ट्रिनबागो नाइट राइडर्सले ४ विकेटको जित निकालेको छ।

१७ ओभरमा छोट्याइएको उद्घाटन खेलमा १४५ रनको लक्ष्य पाएको ट्रिनबागोले १६.४ विकेटको क्षतिमा ६ विकेट गुमाउँदै १४७ रन जोडेपछि खेलमा जित निकालेको हो।

यता टस हारेर ब्याटिङको निम्तो पाएको सिमरन हेट्मेयरले २ चौका र २ छक्काको सहयोगमा अविजित ६३ रनको योगदान दिए। साथै रोज टेलरले ३३ रन बनाए भने निकोलस पुरनले १८ रन बनाउँदै बाहिरिए।

यता गुएनाका सुनिल नारिनले २ विकेट लिए भने अली खान, जयदेन शिल्स र ड्वेन ब्रावोले समान १/१ विकेट लिए।

त्यस्तै, जवाफी ब्याटिङमा आएको ट्रिनबागोका सुनिल नारिनले २ चौका र ४ छक्काको सहयोगमा ५० रनको योगदान दिए भने ब्रावोले ३० रन बनाए। गुयनाका नवीन उल हक र इमरान ताहिरले २/२ विकेट लिए।

साबिक विजेता बार्बाडासको विजयी सुरुवात

साबिक विजेता बार्बाडोस ट्रिडेन्ट्स ६ रनले विजयी भएको छ। उसले सेन्ट किन्ट्स एन्ड नेविस पेट्रियोट्सलाई हराउँदै विजयी सुरुवात गरेको हो।

टस हारेर ब्याटिङको निम्तो पाएको बार्बाडोसले निर्धारित ओभरमा ९ विकेट गुमाएर १५३ रन बनाएको थियो। यता सेन्ट किट्सले पूरा ओभर खेल्दै पाँच विकेटको क्षतिमा १४७ रनमात्र जोड्न सक्यो।

पहिलो इनिङमा ब्याटिङ सम्हालेलको बार्बाडोसका कप्तान जेसन होल्डरले ३८ रन बनाए भने क्येल मायरेसले ३७ रनको योगदान दिँदा रासिद खानले अविजित २६ रन बनाए।

त्यस्तै सेन्ट किट्सका सोहइल तानविर, शेल्डोन कोट्रेल र रायद इम्रिटले समान २/२ विकेट लिए।

जवाफी ब्याटिङमा आएको सेन्ट किट्सका जोसुवा डि सिल्वाले सर्वाधिक ४१ रनको योगदान दिँदा बेन ड्रन्कले ३४ रन बनाए। यसबाहेक अन्य खेलाडीले सम्झलायक प्रदर्शन गरेरनन्। यता बार्बाडोसका माइकल सेन्टनर र रशिद खानले समान २/२ विकेट लिए।

प्रकाशित: Aug 19, 2020| 10:29 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।