सोमबार, असार २९, २०८३

पीएसजी च्याम्पियन्स लिगको फाइनलमा

पीएसजीलाई जिताउन नेयमारले कुनै गोल गर्न सकेनन्। तर, गोलका लागि अवसर सिर्जना गरे।
 |  बुधबार, भदौ ३, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३, २०७७

काठमाडौं- फ्रान्न्सेली क्लब पेरिस सेन्ट–जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ।

लिस्बोनमा मंगलबार राति भएको सेमिफाइनलमा जर्मन क्लब आरबी लाइप्जिकलाई ३–० गोलले पराजित गरी पीएसजीले फाइनल यात्रा निश्चित गरेको हो।

पहिलो हाफमा दुई गोल गरेको पीएसजीले दोस्रो हाफमा थप एक गोल गरेको थियो। पीएसजीका लागि १३ औँ मिनेटमा माक्र्विन्होसले, ४२ औँ मिनेटमा एन्जल डी मारियाले र ५६ औँ मिनेटमा ख्वान बेर्नाटले गोल गरेका थिए।

पीएसजीलाई जिताउन नेयमारले कुनै गोल गर्न सकेनन्। तर, गोलका लागि अवसर सिर्जना गरे। डी मारियाको गोलका लागि नेयमारले सहयोग गरेका थिए।

पीएसजीले अब उपाधिका लागि बायर्न म्युनिख वा लियोनसँग प्रतिस्पर्धा गर्नेछ। बायर्न र लियोनबीचको सेमिफाइनल खेल भरे राति हुँदैछ।

प्रकाशित: Aug 19, 2020| 06:09 बुधबार, भदौ ३, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।