सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • अमेजन, पतञ्जलीलाई पछि पार्दै ‘ड्रिम–११’ ले पायो आईपीएलको स्पोन्सरसिप

अमेजन, पतञ्जलीलाई पछि पार्दै ‘ड्रिम–११’ ले पायो आईपीएलको स्पोन्सरसिप

इन्डियन प्रिमियर लिग (आईपीएल)ले नयाँ टाइटल स्पोन्सर पाएको छ। इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आज ड्रिम–११ लाई नयाँ टाइटल स्पोन्सर घोषणा गरेको हो।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

मुम्बई– इन्डियन प्रिमियर लिग (आईपीएल)ले नयाँ टाइटल स्पोन्सर पाएको छ। इन्डियन क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आज ड्रिम–११ लाई नयाँ टाइटल स्पोन्सर घोषणा गरेको हो।

स्पोन्सरका लागि ड्रिम–११ ले तीन अर्ब ५५ करोड रूपैयाँ (२२२ करोड भारतीय रूपैयाँ) प्रदान गर्ने भएको छ। बीसीसीआईसँग पछिल्लो महिना चीनको मोबाइल कम्पिनी भिभोले सम्झौता रद्द गरेपछि उसले नयाँ स्पोन्सरको खोजी गरिरहेको थियो।

नयाँ टाइटल स्पोन्सरका लागि बीसीसीआईले गत अगस्ट १४ तारिकमा एक सूचना जारी गर्दै कम्पिनीहरुलाई आह्वान गरेको थियो। जसका लागि आवेदन दिएका अमेजन, पतंजली, टाटा सन्सलगायतका क्लबलाई पछि पार्दै ड्रिम–११ले स्पोन्सरको बाजी मारेको हो।

तर, ड्रिम–११ पनि पनि चिनियाँ लगानी भएको भन्दै भारतमा विरोध भएको छ। चीनको टेक कम्पनी टेन्सेन्ट होल्डिङ्सले सन् २०१८ मा ठूलो रकम लगानी गरेको थियो। तर ड्रिम–११ भने भारतीय हो, जसको स्थापना हर्ष जैन र भावित सेठले गरेका थिए।

बीसीसीआईले गत वर्षको भन्दा आधा रकममा नै आउँदो सिजनको स्पोन्सर बेचेको भारतीय मिडियाले जनाएका छन्। अघिल्लो वर्ष आईपीएलको टाइटल स्पोन्सरका रुपमा भिभोले सात अर्ब रूपैयाँ (४४० करोड भारू) खर्च गरेको थियो।

ड्रिम–११को नयाँ स्पोन्सर आउँदो डिसेम्बर अन्तिमसम्म मान्य हुनेछ।

 

प्रकाशित: Aug 18, 2020| 17:28 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।