बुधबार, चैत ११, २०८२

शिक्षकको दरबन्दी मिलान तत्काल स्थगन गर्न काठमाडौंका ६ शिक्षक संघसंगठनको ध्यानाकर्षण

विद्यालय शिक्षकसँग सम्बन्धित विभिन्न पेसागत संघसंगठनले दरबन्दी मिलान कार्य तत्काल बन्द गर्नसहित विभिन्न ११ सूत्रीय माग राख्दै काठमाडौं महानगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका छन्।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं– विद्यालय शिक्षकसँग सम्बन्धित विभिन्न पेसागत संघसंगठनले दरबन्दी मिलान कार्य तत्काल बन्द गर्नसहित विभिन्न ११ सूत्रीय माग राख्दै काठमाडौं महानगरपालिकामा ध्यानाकर्षणपत्र बुझाएका छन्।

National life

शिक्षकका पेसागत संघसंगठनको सहमतिविना शिक्षा विभागको सिफारिसमा गरिएका निर्णयले आफूहरूलाई गम्भीर बनाएको शिक्षकहरूले बताएका छन्।

उनीहरूले शिक्षा समितिमा शिक्षकका पेसागत संघसंगठनलाई सहभागी गराउन, दरबन्दी मिलान कार्य तुरुन्त बन्द गर्न, शिक्षासँग सम्बन्धित भेला, गोष्ठी, बैठकमा शिक्षकका पेसागत संघसंगठनहरुलाई अनिवार्य आमन्त्रण गर्न माग गरेका छन्।

दूर शिक्षा कार्यक्रमलाई प्रभावकारी, व्यवस्थित र निष्पक्ष बनाउन, एफएमको क्षमता विकास गर्न, टेलिभिजनबाट समेत कक्षा सञ्चालन गर्न माग गरिएको छ।

ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘दूरशिक्षा कार्यक्रममा अध्यापन गराउने शिक्षकको पारिश्रमिक अति नै न्यून भएकाले सम्मानजनक पारिश्रमिकको व्यवस्था गरियोस्।’

Laxmi sunrise bank
kumari

शिक्षकहरूले स्थानीय पाठ्यक्रम लागू गर्दा माध्यम भाषा ऐच्छिक रुपमा नेपाली/नेवारी/मैथिली/तामाङ/संस्कृतलगायत अन्य भााषालाई पनि बनाउन, महानगरपालिकामा कार्यरत सम्पूर्ण शिक्षक तथा

कर्मचारीलाई परिचयपत्रको व्यवस्था गर्न, विद्यालयका प्रधानाध्यापकलाई विभिन्न वहानामा दुःख दिने काम तत्काल बन्द गर्न माग गरेका छन्।

शिक्षकको सरुवा तथा पदस्थापना पेसागत संघसंगठनको परामर्शमा मात्र गर्न, काठमाडौं दरबार स्क्वायरबाट सार्न लागिएका श्रीकन्या माध्यमिक विद्यालय र कान्ति ईश्वरीराज्य लक्ष्मी माध्यमिक विद्यालयलाई आवश्यक पर्ने जग्गाको प्रबन्ध र भवन निर्माण गर्न ज्ञापनपत्रमा माग गरिएको छ।

यस्तै काजमा सरुवा गरिएका शिक्षकहरुको काज फिर्ता गरी सोही विद्यालयमा पदस्थापना गर्न उनीहरूले माग गरेका छन्।

ज्ञापनपत्रमा कमालदिन मियाँ (अध्यक्ष ए.अ.ने.शि.सं, काठमाडौं), विष्णुप्रसाद पनेरु (अध्यक्ष, ने.रा.शि.सं, काठमाडौं), रविन महर्जन (अध्यक्ष ने.शि.सं, काठमाडौं) ले हस्ताक्षर गरेका छन्।

यस्तै बाबुराम घिमिरे (अध्यक्ष, ए.अ.ने.शि.सं.,काठमाडौं महानगर), माधव ओली (उपाध्यक्ष ने.रा.शि.सं, काठमाडौं महानगर) र नारायणप्रसाद गौतम (अध्यक्ष, ने.शि.सं, काठमाडौं, महानगर) ले हस्ताक्षर गरेका छन्।

प्रकाशित: Aug 18, 2020| 15:23 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्