बुधबार, साउन २०, २०८३

‘कोरोना भाइरस फैलाउन युवाको हात बढी’

यो उमेर समूहका धेरैजसोलाई आफू कोरोना संक्रमित छु भन्ने थाहा नहुने डब्लुएचओको भनाइ छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

कोरोना भाइरसको संक्रमण फैलाउन २० देखि ४० वर्ष उमेर समूहका युवाको बढी हात रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ।

यो उमेर समूहका धेरैजसोलाई आफू कोरोना संक्रमित छु भन्ने थाहा नहुने डब्लुएचओको भनाइ छ।

डब्लुएचओका वेस्टर्न प्यासिफिक क्षेत्रीय निर्देशक ताकेशी कासाईले भनेका छन्, कोरोना फैलिने खतरा झन् बढेको छ। जो वृद्ध अवस्थामा छन्, बिरामी छन् र घना आवादी रहेको क्षेत्रमा बस्छन् उनीहरुलाई खतरा झन् बढी छ।’

तस्बिर : अक्सफाम इन्टरनेशनल

प्रकाशित: Aug 18, 2020| 12:38 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्