शनिबार, असोज १७, २०८३

थप सहयोग गर्न विश्व बैंकलाई अर्थमन्त्रीको आग्रह

अर्थमन्त्री जनार्दशन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि थप सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन्।अर्थमन्त्री शर्माले विश्व बैंकमा प्रतिनिधिसँग सोमबार भएको भेटमा कोभिड–१९ महामारी नियन्त्रणका लागि नेपाललाई थप सहयोग गर्न आग्रह गरेका हुन्।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं – अर्थमन्त्री जनार्दशन शर्माले कोभिड–१९ महामारी नियन्त्रणका लागि थप सहयोग गर्न विश्व बैंकसँग आग्रह गरेका छन्।अर्थमन्त्री शर्माले विश्व बैंकमा प्रतिनिधिसँग सोमबार भएको भेटमा कोभिड–१९ महामारी नियन्त्रणका लागि नेपाललाई थप सहयोग गर्न आग्रह गरेका हुन्।

मन्त्री शर्माले वर्तमान सरकार कोभिड–१९ विरुद्धको खोप सम्पूर्ण नागरिकलाई उपलब्ध गराई आर्थिक पुनरुत्थानमा अग्रसर भएकाले यसमा विश्व बैंकको सहयोग आवश्यक रहेको बताए। ‘विश्व बैंकले नेपालको विकासमा लामो समयदेखि सहयोग गर्दै आइरहेको छ’, शर्माले भने, ‘कोभिड–१९ महामारीका समयमा बैंकले आपतकालीन सहयोग र खोप खरिदमा वित्तीय र प्राविधिक सहयोग गरेको छ। यसका लागि धन्यवाद दिन चाहन्छु।’

नेपालमा गरिबी अन्त्य गर्ने कार्यक्रम पनि सरकारको प्राथमिकताको विषय भएको उल्लेख गर्दै मन्त्री शर्माले गुणस्तरीय शिक्षा, सुलभ स्वास्थ्य सेवा र रोड कनेक्टिभिटीका माध्यमबाट गरिबी घटाउन विश्व बैंकको सहयोग रहने विश्वास व्यक्त गरे।  बैंकका कार्यकारी निर्देशक मोहम्मद हसनले नेपालको सहयोगका लागि बोर्डमा सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

साथै उनले आउँदो विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक सम्मेलनमा नेपाललाई सक्रिय सहभागिताका लागि अनुरोध गरे। 

बैंकका दक्षिण एसियाली क्षेत्रका उपाध्यक्ष हार्टविग सेफरले विश्व बैंकको सहयोगमा सञ्चालित आयोजनाहरूको तीव्र कार्यान्वयन तथा सहजीकरणका लागि मन्त्री शर्मालाई आग्रह गरेका थिए।  उनले नीतिगत सुधारको आवश्यकता रहेको भन्दै बैंकले नेपाललाई दिँदै आएको सहयोगको निरन्तरता हुने प्रतिवद्धता व्यक्त गरे । बैंकको प्रतिनिधि मण्डलले अर्थ सचिव मधुकुमार मरासिनीसँग पनि छुट्टै भेटवार्ता गरेको थियो। 


प्रकाशित: Sep 20, 2021| 18:02 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्