बुधबार, चैत ४, २०८२

सिटीका सिल्वा रियल सोसिडाडमा अनुबन्ध

प्रिमियर क्लब म्यानचेस्टर सिटीका खेलाडी डेबिड सिल्वा रियल सोसिडाडमा अनुबन्ध भएका छन्। ३४ वर्षीय मिडफिल्डर सिल्वा स्पेनिस क्लब सोसिडाडमा दुई सिजनका लागि अनुबन्ध भएका हुन्।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

म्यानचेस्टर सिटी– प्रिमियर क्लब म्यानचेस्टर सिटीका खेलाडी डेबिड सिल्वा रियल सोसिडाडमा अनुबन्ध भएका छन्। ३४ वर्षीय मिडफिल्डर सिल्वा स्पेनिस क्लब सोसिडाडमा दुई सिजनका लागि अनुबन्ध भएका हुन्।

National life

भ्यालेन्सियाबाट सन् २०१० मा सिटी प्रवेश गरेका उनले ४३६ खेलमा सहभागी बनेर १४ उपाधि जितेका छन्। १० वर्ष सिटीमा बिताएका सिल्वा गत शनिबार च्याम्पियन्स लिगमा लियोनसँग पराजित बनेसँगै सम्झौताको अन्तिममा आइपुगेका थिए।

सम्झौता सकिएसँगै इटालियन क्लब लाजियोले स्पेनिस अन्तर्राष्ट्रिय खेलाडीलाई तीन वर्षका लागि अनुबन्धको प्रस्ताव गरेको थियो। तर, उनले त्यसतर्फ नगइ स्वदेशी क्लब सोसिडाड रोजेका हुन्।

पछिल्लो घरेलु सिजनको अंकतालिकामा छैटौं स्थानमा रहेको सोसिडाडका मार्टिन ओडेगार्ड आफ्नै क्लब रियल मड्रिड फर्केपछि नयाँ प्लेमेकरको खोजी गरिरहेको थियो। सोही क्रममा उसले सिल्वालाई भेटेको हो।

सिल्वाले प्रिमियर लिगमा ३०९ खेलमा सहभागी हुँदै ६० गोल गरेर सिटीलाई २०१२, २०१४, २०१८ र २०१९ मा प्रिमियर लिगको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निभाएका थिए।

Laxmi sunrise bank
kumari

त्यस्तै, उनले इंग्ल्यान्डको घरेलु कपका ५७ खेल खेलेर दुई एफए कप, पाँच लिग कप र तीन कम्युनिटी सिल्ड जितेका छन्। साथै उनले सिटीको तर्फबाट च्याम्पियन्स लिगमा ७० खेल खेल्दै सबैभन्दा धेरै खेलमा उपस्थित हुने खेलाडीको रेकर्ड कायम गरेका छन्।

२०१० को फिफा विश्वकप जित्दा उनी स्पेनको टिममा सहभागी थिए। र, २००८ र २०१२ को युरोपियन च्याम्पियन्ससिप पनि खेलेका थिए।

एजेन्सी

प्रकाशित: Aug 18, 2020| 09:14 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।