सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • इंग्ल्यान्ड र पाकिस्तानको टेस्ट क्रिकेटमा प्रतिकूल मौसम हाबी

इंग्ल्यान्ड र पाकिस्तानको टेस्ट क्रिकेटमा प्रतिकूल मौसम हाबी

गत वर्षको मे–जुलाईमा इंग्ल्यान्डमा आयोजना भएको एक दिवसीय विश्वकप क्रिकेटका पनि धेरै खेल प्रतिकूल मौसमका कारण प्रभावित बनेका थिए।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

साउथह्याम्टन – इंग्ल्यान्डको साउथह्याम्टनमा पाँच दिनबाट भइरहेको इंग्ल्यान्ड पाकिस्तानको दोस्रो टेसट क्रिकेट मौसम प्रतिकूलताका कारण बराबरीमा टुंगिएको छ। टस जितेर ब्याटिङ रोजेको पाकिस्तानको पहिलो इनिङ मौसम प्रतिकूलताका कारण चार दिन सम्म चलेको थियो।

पहिलो इनिङमा खराब सुरुवात गरेको पाकिस्तानले ९१.२ ओभर खेल्दै २.५८ को रन रेटमा २३६ रन बनायो। उसको पहिलो इनिङमा ७२ रनका साथ मोहम्मद रिज्वान नायक बने भने अबिद अलीले ६० रन बनाए। बाबर अजम भने अर्धशतक बनाउन मात्र तीन रनले चुके।

यता इंग्ल्यान्डका स्टुअर्ट ब्रोडले ४ विकेट लिँदा जेम्स एन्डरसनले ३ विकेट लिए। त्यस्तै समान एक विकेट लिनेमा साम कुरन र क्रिस वोक्स रहे।

चौथो दिनमा ब्याटिङ सुरु गरेको इंग्ल्यान्डले भने सम्पूर्ण विकेट खेल्न पाएन। उसले अन्तिम दिन (सोमबार) चार ओभरभन्दा धेरै खेल्न नपाएपछि खेल बराबरीमा पुगेको थियो।

इंग्ल्यान्डका लागि ज्याक क्राउलीले ५३ रनको अर्धसतकिय इनिङ खेले भने डोम सिबलेले ३२ रनको योगदान दिए। यससँगै आयोजक इंग्ल्यान्डले ४३.१ ओभरमा ११० रन बनाउन सक्यो।

पाकिस्तानका मोहम्मद अब्बसले दुई विकेट गिराए भने यासिर साह र शहिन शाह अफ्रिदीले समान १–१ विकेट लिए। इंग्ल्यान्डले मौसम प्रतिकूलताका कारण ६ खेलाडी मात्र मैदान उतार्न सक्यो भने दोस्रो इनिङका त खेल नै हुन सकेनन्।

तीन शृंखलाको दोस्रो खेल प्रभावित बने पनि पहिलो खेलमा इंग्ल्यान्डले पाकिस्तानलाई दबाबमा राख्दै तीन विकेटको जित निकालेको थियो। टेस्ट प्रतियोगिता अन्तर्गत तेस्रो खेल आगामी अगस्ट २१ बाट सुरु हुनेछ।

तीन टेस्टपछि पाकिस्तनले इंग्ल्यान्डसँग तीन बटा टी–२० प्रतियोगितासमेत खेल्नेछ। सो प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रो खेल क्रमशः २८, ३० अगस्ट र १ सेम्टेम्बरमा हुनेछ।

गत वर्षको मे–जुलाईमा इंग्ल्यान्डमा आयोजना भएको एक दिवसीय विश्वकप क्रिकेटका पनि धेरै खेल प्रतिकूल मौसमका कारण प्रभावित बनेका थिए।

प्रकाशित: Aug 18, 2020| 08:57 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।