सोमबार, असार २९, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • राखेपका अत्यावश्यक कामबाहेक अनिश्चितकालका लागि रोकियो खेलकुद

राखेपका अत्यावश्यक कामबाहेक अनिश्चितकालका लागि रोकियो खेलकुद

राखेपले कोरोना भाइरसको महामारी बढ्दै गएको भन्दै खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरेको बताएको हो।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अनिश्चितकालका लागि खेलकुद गतिविधि रोक्ने निर्णय गरेको छ।

हिजो(सोमबार) विज्ञप्ति जारी गर्दै राखेपले कोरोना भाइरसको महामारी बढ्दै गएको भन्दै खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द गरेको बताएको हो।

‘कोरोना भाइरस काठमाडौं उपत्यकालगायत नेपालका विभिन्न स्थानहरुमा व्यापक रुपमा फैलिन गई जन स्वास्थ्यमा ठूलो समस्या देखा परेको हुँदा राखेपबाट सम्पादन गरिने अति जरुरी कामबाहेक खेलकुद प्रतियोगिता, खेल प्रशिक्षणलगायत खेलकुद सम्बन्धि सम्पूर्ण गतिबिधि र कामकारबाही अर्को सूचना नआएसम्म बन्द गरिएको छ,’ राखेपले जारी गरेको सूचनामा भनिएको छ।

राखेपले परिषद्बाट सम्पादन हुने अत्यन्त जरुरी काममा भने रोक लगाएको छैन। सरकारले गत साउन ७ गतेबाट लकडाउन अन्त्यको घोषणा गरेसँगै कराँते, ब्याडमिनटन, बक्सिङलगायत विभिन्न खेलका खेलाडीहरु प्रशिक्षणमा फर्किएका थिए। महामारीका कारण चैत पहिलो हप्ताबाट नेपालमा कुनै खेलकुद प्रतियोगिता आयोजन भएका छैनन्।

पछिल्लो समय सरकारले भदौ १ गतेबाट अन्तर्राष्ट्रिय खेलका प्रशिक्षणको लागि अनुमति दिएको भए पनि सो निर्णय बदर गर्दै गत हप्तादेखि खेलकुद फेरि बन्द गरिने निर्णय गरेको थियो।

त्यसमा थप निर्णय गर्दै राखेपले खेलकुद गतिविधि बन्द गर्ने निर्णय गरेको हो। अहिले एक जना स्क्वास प्रशिक्षक, एक राष्ट्रिय फुटबल टिमका खेलाडी र एपीएफ क्लबका २ खेलाडी र ओलम्पिक कमिटीका केही कर्मचारीमा कोरोनाको संक्रमण देखिएको छ।

प्रकाशित: Aug 18, 2020| 07:53 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।