बुधबार, चैत ४, २०८२

बार्सिलोनाको प्रशिक्षकमा कोयमेन

स्पेनिस क्लब बार्सिलोनाले नेदरल्यान्डका रोनाल्ड कोयमेनलाई प्रशिक्षणको जिम्मेवारी दिने भएको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

बार्सिलोना – स्पेनिस क्लब बार्सिलोनाले नेदरल्यान्डका रोनाल्ड कोयमेनलाई प्रशिक्षणको जिम्मेवारी दिने भएको छ।

National life

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा लज्जास्पद हार बेहोरेको तेस्रो दिन प्रशिक्षक क्विके सेटिएनलाई बर्खास्त गर्दै बार्सिलोनाले नयाँ प्रशिक्षक नियुक्ति प्रक्रिया थालेको छ।

बायर्नसँग ८–२ को हारपछि बार्सिलोनाको बोर्डले क्लबमा हारबारे छिटै गम्भीर निर्णय लिइने बताएको थियो। क्लबका अध्यक्ष जोसेफ मारिया बर्टोमाउले नयाँ प्रशिक्षकबारे कुरा भइरहेको बताएका थिए। जसमा कोयमेन बार्सिलोनाको आँखामा परेका छन्।

उनले क्याटालान क्लबमा सन् १९८९ देखि सन् १९९५ सम्म खेलेका थिए। ‘हामी छिट्टै नयाँ प्रशिक्षक नियुक्ति गर्ने प्रक्रियामा छौं,’ क्लबले भनेको छ।

बर्खास्तमा परेका सेटिएन गत जनवरीमा मात्र बार्सिलोना पुगेका थिए। उनले २५ खेलमा मात्र प्रशिक्षण गर्न सके। उनको प्रशिक्षण रहेको बार्सिलोनाले जारी सिजनमा लिगविजेता रियल मड्रिडभन्दा पाँच अंक पछि रहँदै लिग उपाधि गुमायो।

Laxmi sunrise bank
kumari

यस्तै बार्सिलोना च्याम्पियन्स लिगको पछिल्ला पाँच सिजनमा चौथो पटक क्वार्टरफाइनलबाट बाहिरिएको छ।

गत शुक्रबार रातिको सो हारपछि सेटिएनले नयाँ निर्णय गर्ने समय आएको बताएका थिए।

बार्सिलानाका डिफेन्डर जेरार्ड पिकले क्लबले चाहेमा आफू बार्सिलोनाबाट बाहिरिने पहिलो खेलाडी बन्ने बताएका छन्।

क्लबको अवस्था बिग्रँदै गएपछि बार्सिलोना बोर्डले अर्को वर्षको जुनमा हुने चुनाव मार्च १५ मा सारेको छ। -बीबीसी

प्रकाशित: Aug 18, 2020| 07:20 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।