सोमबार, असार २९, २०८३

सानदार जितसँगै इन्टर युरोपा लिगको फाइनलमा

जर्मनी– युक्रेनियन क्लब सख्तर डोनेटस्कविरुद्ध सानदार जित निकाल्दै इटालियन क्लब इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

जर्मनी– युक्रेनियन क्लब सख्तर डोनेटस्कविरुद्ध सानदार जित निकाल्दै इटालियन क्लब इन्टर मिलान युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ।

उसले जर्मनीको डुसेलडोर्फमा सख्तरलाई ५–० को गोल अन्तरले हराउँँदै फाइनल प्रवेश गरेको हो।

इन्टरको जितका लागि लउतारो मार्टिनेज र रामेलु लुकाकूले २–२ गोल गरे भने डानियालो डि एम्ब्रिोसियोले एक गोल गरे। खेलको १९ औं मिनेटमा निकोलस ब्यारेलाको क्रसलाई हेडमार्फत गोलमा परिणत गर्दै मार्टिनेजले इन्टरलाई सुरुवाती अग्रता दिलाएका थिए।

उनको गोलसँगै पहिलो हाफमा इन्टर एक गोलको अग्रतामा रह्यो। तर दोस्रो हाफमा भने चार गोल थप्यो। ६४ औं मिनेटमा मार्सेलो ब्रोजोविकको पासमा डि एम्ब्रिसियोले गोल गर्दै अग्रतालाई दोब्बर बनाए। यता, लुकाकूको पासमा मार्टिर्नेजले व्यक्तिगत दोस्रो गोल गर्दै ३–० गोलअन्तर बनाए।

खेलको ७८ औं मिनेटमा पहिलो गोल गरेका लुकाकुले त्यसको पाँचौ मिनेटमा अर्को गोल थपे। उनको दुई गोलसँगै इन्टरले ५–० को सानदार जित प्राप्त गर्यो।

उसले आउँदो शनिबार राति हुने फाइनल खेलमा स्पेनिस क्लब सेभियाको सामना गर्नेछ। खेल नेपाली समय अनुसार राति पौने १ बजे हुनेछ।

गत समरमा इटाली पुगेका बेल्जियन फरवार्ड लुकाकू युरापा लिगको पछिल्ला १० खेलमा गोल गर्ने खेलाडी बनेका छन्। उनले जारी सिजनमा ३३ गोल गरिसकेका छन्।

जारी सिजनमा उत्कृष्ट प्रदर्शन गरिरहेको इन्टर घरेलु लिगमा पनि लिगविजेता युभेन्टसभन्दा एक अंकले पछि रह्यो।

प्रकाशित: Aug 18, 2020| 06:49 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।