बुधबार, चैत ११, २०८२

तनाव न्यूनीकरणको मुख्य उपाय सामाजिक सम्पर्क

मानसिक तनावमा परेका व्यक्तिका लागि सामाजिक सम्पर्क अत्यन्त प्रभावकारी औषधि हुने एक अध्ययनले देखाएको छ ।
 |  मंगलबार, भदौ २, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २, २०७७

मानसिक तनावमा परेका व्यक्तिका लागि सामाजिक सम्पर्क अत्यन्त प्रभावकारी औषधि हुने एक अध्ययनले देखाएको छ ।

National life

अध्ययनकर्ताहरुले तनाव न्यूनीकरणका लागि सामाजिक सम्पर्कलाई बढाउनुपर्ने सुझावहरु उपयोगी हुने बताएका छन् । अध्ययनकर्ताहरुको टोलीले बनाएको प्रतिवेदन अमेरिकी जर्ननल अफ साईक्याष्ट्रीमा प्रकाशित भएको थियो ।

“मानसिक तनाव संसारभरी ठूलो समस्याको रुपमा रहेको छ, अपाङ्गताको मुख्य कारणको रुपमा मानसिक समस्या रहेको छ, तर यसको निवारणको प्रभावकारी उपाय अहिलेसम्म कसैले पत्ता लगाउन सकेको छैन,” अध्ययनमा संलग्न कर्मेल चोइले भने। तनाब बढाउन सामाजिक अन्तरक्रिया, सञ्चार माध्यमको प्रयोग, सुत्ने तालिका, पोषण, शारीरिक गतिविधि र वातावरणीय अवस्था लगायतको भूमिकाका बारेमा पनि उनीहरुले अध्ययन गरेका थिए ।

'अहिले सामाजिक दूरी बढाउनुपर्ने परिस्थीति सिर्जना भएका बेला यसतर्फ थप ध्यान दिनुपर्ने विज्ञहरुले बताएका छन् । तनाव व्यवस्थापन र सामाजिक सम्पर्कको विषय अहिलेको अवस्थामा अझ बढी सान्दर्भिक र चासोको विषय भएको छ,' एक अध्ययनकर्ताले भने । एक्लै एक्लै बस्ने मानिसहरु मानसिक तनावको बढी जोखिममा रहने पनि अध्ययनले देखाएको उनीहरुले उल्लेख गरेका छन् ।

प्रकाशित: Aug 18, 2020| 06:29 मंगलबार, भदौ २, २०७७
प्रतिक्रिया दिनुहोस्