बुधबार, चैत ४, २०८२

प्रिमियर लिगका खेलाडीले फर्काएको इन्टर मिलानको साख

प्रिमियर लिग खेलेका खेलाडीले भरिभराउ भएपछि इटालियन क्लब इन्टर मिलानको साख फर्किएको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

प्रिमियर लिग खेलेका खेलाडीले भरिभराउ भएपछि इटालियन क्लब इन्टर मिलानको साख फर्किएको छ।

National life

मुख्य प्रशिक्षक एन्टोनी कोन्टेले गत समरमा इंग्ल्यान्डबाट राम्रा र महँगा खेलाडी लगेपछि क्लब पछिल्लो घरेलु सिजनमा उत्कृष्ट साबित भएको छ।

इन्टर सिरी ए विजेता युभेन्टसभन्दा मात्र एक अंकले पछि रह्यो। सन् २०१०–११ पछि इन्टरले लिगमा उत्कृष्ट प्रदर्शन गरेको हो। क्बलले यो सिजनपछि पहिलो ट्रफी जित्यो।

गत वर्षको घरलु फुटबलबाट युरोपा लिगमा चित्त बुझाएको इन्टरले आज (सोमबार) युरोपा लिगको सेमिफाइनल खेल्दै छ। प्रतिस्पर्धामा छ युक्रेनियन टिम सख्तर डोनेटेस्क।

आजको खेलले एक क्लबलाई फाइनलमा पु¥याउनेछ। जसमा बलियो देखिएको टिम हो इन्टर।

Laxmi sunrise bank
kumari

क्बल बलियो देखिने महत्त्वपूर्ण पक्ष नै प्रिमियर लिगबाट भित्रिएका खेलाडी हुन्। क्लबमा आबद्ध खेलाडी कस्ता छन् त?

यी हुन् प्रिमियर लिगबाट इन्टर पुगेका खेलाडी

रोमेलु लुकाकू

गत समरमा इन्टर पुगेका २७ वर्षीय बेल्जियन फरवार्डले यो सिजन सफलतासाथ बिताए। म्यानचेस्टर युनाइटेडबाड ८० मिलियन युरोमा इटाली गएका उनी २३ गोलका साथ लिगमा तेस्रो शीर्ष गोलकर्ता बनेका थिए। पहिलोमा इमोवाइल (३६ गोल) र दोस्रो रोनाल्डो (३१ गोल) छन्।
अन्य खेलसहित ३० गोल गरेका लुकाकु इन्टरमा सन् २०१०–११ मा सामुएल इटोपछि ३० गोल गर्ने पहिलो खेलाडी बनेका हुन्। उनले जारी युरोपा लिगमा लगातार ९ खेलमा गोल गरेका छन्।

एलेक्स सान्चेज

३१ वर्षीय खेलाडी एलेक्स सान्चेज यो सिजनको ३१ खेलमा देखिए। उनी ४ गोल र ९ एसिस्ट गर्न सफल रहे। पछिल्लो समय म्यानचेस्टर युनाइटेडमा राम्रो गर्न नसकेपछि ऋणमा इन्टरमा अनुबन्ध भएका सान्चेज अघिल्लो महिना भने निःशुल्क ट्रान्सफरबाट इटालियन क्लबमा आबद्ध भएका थिए।

उनले १५ खेलमा मात्र पहिलो राजाइका खेलाडी भएर खेलेका छन्। उनी केही समय चोटका कारण खेलमा सहभागी भएनन्।

एसले योङ

एसले योङ अघिल्लो सिजन युनाइटेडबाट इटाली आएका तेस्रा खेलाडी हुन्। उनी १.२८ मिलियन पाउन्डमा इटाली पुगेका थिए।
३५ वर्षीय पूर्व युनाइटेड खेलाडी इन्टरमा लेफ्ट विंगर भएर खेलिरहेका छन्। उनले यो सिजनमा तीन गोल गर्न सफल भए भने चार एसिस्ट गरे।

भिक्टर मोसे

इटालियन क्लबले भिक्टर मोसेलाई राइट विंगरका रुपमा खेलायो। कोन्टेको प्रशिक्षणमा मोसेको यो सिजन अत्यन्तै उत्साहजनक बन्यो।
२९ वर्षीय मोसे गत जनवरी विन्डोमा चेल्सीबाट ऋणमा इन्टर प्रवेश गरेका थिए। नाइजेरियन खेलाडी मोसेको अगस्ट अन्तिममा ऋण सम्झौता सकिँदै छ।
१८ खेलमा सहभागी बनेका उनले जारी सिजनमा तीन एसिस्ट गरेका छन्।

क्रिस्टियन एरिक्सन

२९ वर्षीय फरवार्ड क्रिस्टियन एरिक्सन गत जनवरीको विन्डोमा इन्टर मिलान प्रवेश गरेका हुन्। १६.९ मिलियन पाउन्डमा इन्टर प्रवेशपछिका प्रत्येक खेलमा उनले सहभागिता जनाएका छन्। ठूलो रकममा अनुबन्ध भए तापनि उनले अपेक्षअनुसार खेल्न सकेका छैनन्।
खेलेका मध्ये आधा खेलमा मात्र पहिलो रोजाइका खेलाडी बनेका उनलाई पछिल्लो समय इन्टरले बेच्न चाहेको इटालियन मिडियाले जनाएका छन्।
युरोपा लिगको दुई खेलमा राम्रो सब्सिटिच्युट रहेका उनले जारी सिजनमा चार गोल र तीन एसिस्ट गरेका छन्।

बोर्जा वालेरो

स्पेनिस मिडफिल्डर बार्जा वालेरोले वेस्ट ब्रोममा २००८–०९ मा प्रिमियर लिग खेलेका थिए। उनले २०१३ बाट लगतार सिरी ए खेलिरहेका छन्।
सुरुमा फियोरेन्टिनामा रहेका उनी पछि इन्टरमा गए। सिजनको २५ खेलमा सहभागी बनेका खेलाडी आधा खेलमा भने सब्सिट्च्युटका भूमिकामा सीमित छन्।
यी खेलाडीबाहेक आन्द्रे रानोचिया र गोलकिपर ड्नियल पडेली पनि प्रिमियर क्लबबाट इन्टरमा खेलिरहेका छन्।
–बीबीसी

प्रकाशित: Aug 17, 2020| 16:17 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।