शनिबार, कात्तिक २९, २०८२

डिशहोम कमेडी प्लसमा 'अड्डा' लिएर आउँदै भण्डारी

हरेक शृंखला नयाँ कथा र नयाँ कलाकारका साथमा नौलो प्रस्तुति हुने निर्माण पक्षले जनाएको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं- लामो समय नेपाली टेलिसिरियलमा अभिनय, लेखन र निर्देशन गर्दै आएका किशोर भण्डारीले डिशहोमको कमेडी प्लस च्यानलमा नयाँ टेलिसिरियल 'अड्डा' लिएर आउने भएका छन्।

National life

'अड्डा एउटा सामाजिक कथा हो। हरेक नागरिक कुनै न कुनै रूपमा अड्डा पुगेकै हुन्छ। अनि अड्डाका कर्मचारीबाट कस्तो दुःख पाउँछन् भन्ने कुरा रमाइलो ढंगबाट देखाउने प्रयास गरिनेछ,' नयाँ सिरियलबारे भण्डारीले भने।

'अड्डा'मा किशोर भण्डारी 'डिट्ठा साब', रेश्मा तिमल्सिना 'बुनु मैचा', कृष्णभक्त महर्जन, रामप्रसाद श्रेष्ठ, लीला केसी, पुष्प अवस्थी, समीर मिया, सुष्मा लामिछाने, कृष भण्डारी, शुभेच्छा पाण्डेय, सञ्जय लामा लगायतका कलाकारहरुले अभिनय गरेका छन्।

कथा/लेखन/निर्देशन किशोर भण्डारीले गरेका छन् भने छायांकन प्रवेश पोखरेलले र सम्पादन दुर्लभ श्रेष्ठले गरेका छन्। संगीत वसन्त सापकोटाको रहेको छ।

हरेक शृंखला नयाँ कथा र नयाँ कलाकारका साथमा नौलो प्रस्तुति हुने निर्माण पक्षले जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Aug 17, 2020| 12:58 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्