सोमबार, असार २९, २०८३

सुरुवाती अग्रता गुमाउँदा युनाइटेड पराजित

काठमाडौं– युरोपा लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाटेडलाई हराउँदै स्पेनिस क्लब सेभिया फाइनल प्रवेश गरेको छ।
 |  सोमबार, भदौ १, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, भदौ १, २०७७

काठमाडौं– युरोपा लिग अन्तर्गत आइतबार राति सम्पन्न खेलमा म्यानचेस्टर युनाटेडलाई हराउँदै स्पेनिस क्लब सेभिया फाइनल प्रवेश गरेको छ।

जर्मनीको रेहिन इनर्जी रंगशालामा सम्पन्न खेलमा युनाइटेडलाई २–१ गोल अन्तरले हराउँदै सेभिया फाइनल प्रवेश गरेको हो।

सेभियाको जितका लागि सौसो र लु डि जोङ ले १–१ गोल गरे। एक गालले पछि परेको अवस्थामा सौसोले २६ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए। त्यसअघि युनाइटेडका ब्रुनो फर्नान्डेसले पेनाल्टीमा पाएको अवसरको सदुपायोग गर्दै गोल गरेका थिए।

पहिलो हाफमा खेल बराबरी रहे पनि दोस्रो हाफमा सेभियाका डि जोङले गोल गर्दै टिमलाई अग्रता दिलाए। खेलको ७८ औं मिनेटमा जेसस नभासको पासलाई गोलमा परिणता गर्दै सेभियालाई अग्रता दिलाएका थिए। डि जोङको गोलपछि कुनै स्कोर नहुँदा सेभियाले २–१ गोल अन्तरले खेल जितेको हो।

जितसँगै फाइनल पुगेको सेभियाले आउँदो शनिबार उपाधिका लागि इन्टर मिलान र शख्तरको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। फाइनल खेल जर्मनीको रेहिन इनर्जी रंगशालामा हुनेछ।
लिगअन्तर्गत आज राति पौने १ बजेको दोस्रो सेमीफाइनल खेलमा इन्टर मिलानले सख्तरसँग खेल्ने तय छ।

स्पेनिस क्लब सेभियाले युरोपा लिग सबैभन्दा धेरै (पाँच पटक) जितेको छ साथै इन्टर मिलानले तीन उपाधि जित्दा म्यानचेस्टर युनाइटेडले एक पटकजितको छ।

प्रकाशित: Aug 17, 2020| 06:40 सोमबार, भदौ १, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।