बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • भारतका पूर्वक्रिकेटर एवं बीजेपी नेता चौहानको कोरोना संक्रमणबाट मृत्यु

भारतका पूर्वक्रिकेटर एवं बीजेपी नेता चौहानको कोरोना संक्रमणबाट मृत्यु

भारतीय क्रिकेट टोलीका पूर्वब्याट्समेन चेतन चौहानको आइतबार (आज) कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

नयाँ दिल्ली– भारतीय क्रिकेट टोलीका पूर्वब्याट्समेन चेतन चौहानको आइतबार (आज) कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। उनको ७३ वर्षको उमेरमा निधन भएको हो।

National life

उत्तर प्रदेशबाट दुई पटकका पूर्व लोकसभा संसद चौहान योगी आदित्यनाथको क्याबिनेटमा उत्तर प्रदेशको होम गार्ड मिनिस्टरसमेत हुन्। उनले उत्तर प्रदेशको खेलकुदमन्त्री भएर पनि काम गरिसकेका छन्।

उनलाई गत महिना कोरोनाका कारण स्वास्थ्यमा समस्या आएपछि गुरुग्राम अस्पतालमा सिफ्ट गरिएको थियो।

“दाजु श्री चेतन चौहानले हामीलाई छोडेर जानुभयो। कोरोना रोगको उपचारका लागि जसले उहाँको प्रार्थना गर्नुभयो, म उहाँहरुलाई धन्यवाद भन्न चाहान्छु,” चेतनका भाई पुस्पेन्दरले पीटीआईसँग भने।

एक दशकको लामो टेस्ट करिअरमा उनी ४० टेस्ट र सात ओडीआईमा सहभागी बने। उनले २,०८४ टेस्टर रन बनाएका थिए भने १६ अर्धसतक प्रहार गरेका थिए। एक दिवसीयका थोरै खेलमा सहभागी बनेका चौहानले फास्ट क्लास क्रिकेटमा सानदार प्रदर्शन गरेका थिए।

Laxmi sunrise bank
kumari

उनले केही दशकअघि क्रिकेटमा महाराष्ट्रको प्रतिनिधित्व गरेका थिए। जहाँ सन् १९८५ को रणजी ट्रफीको फाइनलमा मुम्बइसँग पराजित भए।

उनले सन् १९६९ बाट क्रिकेटमा डेब्यू गरे, बीचमा केही समय क्रिकेट बाहिर रहे तापनि १९७७ बाट फरि सक्रिय बनेर उत्कृष्ट कमब्याक गरे। राम्रो प्रदर्शन गरे तापनि सतक प्रहार गर्न भने सफल बनेनन्। उनको सर्वाधिक टेस्ट स्कोर ९७ छ।

चौहानको मृत्युपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत धेरैले सामाजिक सञ्जाल ट्विटरमा श्रद्धाञ्जली दिएका छन्।

“श्री चेतन चौहानजी सुरुमा एक राम्रा क्रिकेटर हुनुहुन्थ्यो भने पछि असल राजनीतिक लिडर बन्नुभयो। उहाँले जनसेवामा धेरै योगदान दिएर उत्तर प्रदेशमा बीजेपीलाई सशक्त बनाउनुभएको थियो। उहाँको परिवारमा धैर्य धारण गर्ने शक्ति मिलोस्। ओम् शान्ति,” प्रधानमन्त्री मोदीले ट्विटरमा लेखेका छन्।

चौहानको पत्नी र एक छोरा छन्।

हिन्दुस्थान टाइम्स

हिन्दुस्थान टाइम्स

प्रकाशित: Aug 16, 2020| 21:01 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।