सोमबार, असार २९, २०८३

नेपाल ओलम्पिक कमिटीका दुई जना कर्मचारीलाई कोरोना

नेपाल ओलम्पिक कमिटी (एनओसी)का दुई जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी)का दुई जना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ। भान्साका दुई जना कर्मचारीमा कोरोना देखिएको ओलम्पिक कमिटीले जानकारी दिएको हो।

एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले संक्रमित दुवै जनालाई कोरोनाको कुनै पनि लक्षण नदेखिएको बताए। ‘दुई जना नै नर्मल अवस्थामा हुनुहुन्छ। अस्पतालले पनि धेरै उपचार नचाहिने भनेका कारण एकजना होम क्वारेन्टिनमा नै बस्नुहुन्छ। अर्को एकजनन अफिस किचेनको कर्मचारीलाई चाहिँ कार्यालयको एक कोठामा क्वारेन्टिनको व्यवस्था गरेका छौं,’ श्रेष्ठले नेपाल समयसँग भने।

स्क्वासका प्रशिक्षक हिरा थापालाई कोरोना देखिएपछि गत बुधबार एनओसीका कर्मचारीको पनि कोरोना टेस्ट गरिएको थियो। ८ जनालाई गरिएको टेस्टमा दुई जनाको रिपोर्ट पोजेटिभ आएको छ भने दुई जनाको पुनः परीक्षण गरिने भएको छ। रिपोर्ट आउन बाँकी दुई जना एकै परिवारका हुन्। अन्यको भने रिपोर्ट नेगेटिभ आएको छ।

अफिस कर्मचारीको रिपोर्ट पोजेटिभ आएसँगै कमिटीका सदस्यको पनि कोरोना टेस्ट गरिने भएको छ। ‘कोरोना गाइडलाइनमा उल्लिखित ट्रेसिङ अवधिसम्म कार्यालयमा आएका कमिटी सदस्य वा मानिसहरुको कोरोना परीक्षण गर्दैछौं। आज वा भोलिसम्ममा अर्को चरणको टेस्ट हुनेछ,’ श्रेष्ठले भने।

काठमाडौं उपत्यकामा कोरोना महामारी बढेपछि एनओसीले अगस्ट १२ देखि कार्यालय बन्द गरेर घरबाट काम गरिरहेको छ। सुरुमा तीन दिनमात्र बन्द गर्ने निर्णय गरेको कमिटीले संक्रमणको दर नघटेपछि हिजो (शनिबार) अर्को सूचना जारी गर्दै अगस्ट २१ सम्म कार्यालय बन्द गर्ने निर्णय गरेको छ।

तर संक्रमण देखिएपछि भने एनओसीको कार्यालय सिल गरिएको छ। साथै केही दिनमा निर्मलीकरण गर्ने श्रेष्ठले बताए।

प्रकाशित: Aug 16, 2020| 14:14 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।