सोमबार, भदौ २२, २०८३

वीरगन्जपछि ग्रामीण क्षेत्रमा पनि फैलिँदै कोरोना

वीरगन्ज महानगरको समुदायमा मात्रै फैलिरहेको कोरोना भाइरस संक्रमण संक्रमण ग्रामीण क्षेत्रमा पनि फैलिन थालेको छ।
 |  आइतबार, साउन ३२, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ३२, २०७७

पर्सा- वीरगन्ज महानगरको समुदायमा मात्रै फैलिरहेको कोरोना भाइरस संक्रमण संक्रमण ग्रामीण क्षेत्रमा पनि फैलिन थालेको छ।

पर्साको पोखरिया नगरपालिका, पर्सागढी नगरपालिका र बहुदरमाई नगरपालिकामा समेत संक्रमितको संख्या बढ्दै गएको पाइएको नारायणी अस्पतालका चिकित्सक डा. निरज सिंहले बताए।

शनिबार गरिएको पीसीआर परीक्षणमा पोखरिया नगरपालिकामा २ महिलासहित १२ जना, पर्सागढी नगरपालिकामा २ जना र भौराटारमा १ जनामा संक्रमण पुष्टि भएको छ। पर्साका ग्रामीण भेग देउरवाना, भौराटार, विरूवागुठी, विन्दवासनी लगायतमा संक्रमित रहेको डा. सिंहको भनाइ छ।

यससँगै वीरगन्ज महानगरपालिकाको नारायणी अस्पतालका २ जना, श्रीपुरका ४ जना, वडा नम्बर १० का २ जना, वडा नम्बर १२ मुर्लि र पानीटंकीका ४ जना लगायत छपकैया, विर्ता, भिष्वा शोलखपुर, पिप्राका एकएक जना संक्रमित थपिएका छन्।

बाराको महागढीमाई नगरपालिका र कलैयाका एक एक जना संक्रमित थपिएका छन्।

 

प्रकाशित: Aug 16, 2020| 06:15 आइतबार, साउन ३२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।