बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीद्वारा संन्यासको घोषणा

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीद्वारा संन्यासको घोषणा

भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै संन्यासको घोषणा गरेका हुन्।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

काठमाडौं– भारतीय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा पोस्ट गर्दै संन्यासको घोषणा गरेका हुन्।

National life

पूर्वकप्तान राहुल द्रबिडले छोडेपछि धोनीले भारतीय टिम सम्हाल्ने मौका पाएका थिए। उनले आफ्नो कप्तानीमा सन् २००७ मा टी–२० विश्वकप जिताए। साथै उनले सन् २०११ मा एक दिवसीय विश्वकप पनि जिताएका थिए। उनको कप्तानीमा भारतले २०१० र २०१६ मा एसिया कप पनि जित्यो भने २०१३ मा च्याम्पियन्स ट्रफी।

दायाँ हाते मध्यक्रमका ब्याट्समेन एवं विकेटकिपर धोनी एक दिवसीय क्रिकेटमा धेरै स्कोर गर्ने खेलाडीमध्येका एक हुन्। उनले एक दिवसीयमा १० हजार ७७३ रन बनाएका छन्। लिमिटेड ओभर क्रिकेटमा उनलाई प्रभावकारी फिनिसरको रुपमा चिन्ने गरिन्छ।

उनले सन् २००४ मा बंगलादेशविरुद्धको खेलबाट एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। त्यसको एक वर्षपछि श्रीलंकाविरुद्ध टेस्टमा डेब्यू गरे। टेस्ट प्रतियोगितामा भने उनले सन् २०१४ मा नै संन्यास लिइसकेका छन्।

पूर्वकप्तान धोनीले भारतका लागि अन्तिम खेल अघिल्लो वर्ष इंग्ल्यान्डको एक दिवसीय विश्वकपमा खेलेका थिए। त्यसपछिका कुनै अन्तर्राष्ट्रिय खेलमा धोनीको उपस्थिति छैन। भारतीय टिमका प्रशिक्षक रवि शास्त्रीले पनि धोनीबारे विभिन्न टिप्पणी गरेका थिए। उनले आईपीएलको प्रदर्शन हेरेर धोनीलाई राष्ट्रिय टिमका राख्ने वा नराख्ने निर्णय गरिने बताएका थिए।

Laxmi sunrise bank
kumari

तर, धोनीले आईपीएलअघि नै संन्यासको घोषणा गरे। आईपीएलको फ्रेन्चाइज क्लब चेन्नई सुपर किंग्सका कप्तान रहेका धोनीको टिमले आजबाट आईपीएलको अभ्यास थालेको छ।

यो सिजनको आईपीएल सेप्टेम्बर १९ बाट नोभेम्बर १० सम्म यूएईमा हुँदै छ।

धोनीलाई भारतीय क्रिकेटमा ‘माही’, ‘एमएस धोनी’, ‘क्याप्टेक कुल’ लगायत नामले चिनिन्छ।

सुरेश रैनाको पनि

भारतका अर्का ब्याट्समेन सुरेस रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। धोनीले संन्यासको घोषणा गरेलगतै रैनाले पनि संन्यास लिएको जानकारी दिएका छन्।

आज संन्यास लिने दुवै खेलाडी आईपीएलमा चेन्नई सुपर किंग्सबाट खेल्छन्। उनीहरुले लामो समयसम्म भारतीय टिममा सहयात्री भएर खेलेका छन्।

 

प्रकाशित: Aug 15, 2020| 21:46 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।