बुधबार, चैत ४, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • बार्सिलोनाको लज्जास्पद हार, ऐतिहासिक जितसँगै बायर्न च्याम्पियन्स लिगको अन्तिम ४ मा

बार्सिलोनाको लज्जास्पद हार, ऐतिहासिक जितसँगै बायर्न च्याम्पियन्स लिगको अन्तिम ४ मा

जितसँगै बायर्न उपाधिको नजिक पुगेको छ। अब उसले सेमीफाइनलमा म्यानचेस्टर सिटी र लियोनको विजेतासँग खेल्ने छ।
 |  शनिबार, साउन ३१, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, साउन ३१, २०७७

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग अन्तर्गत शुक्रबार राति सम्पन्न खेलमा जर्मन क्लब बायर्न म्युनिखले बार्सिलोनालाई हराउँदै सेमीफाइनल प्रवेश गरेको छ। पोर्चुगलको राजधानी लिस्बनमा बायर्नले बार्सिलोनाविरुद्ध ८–२ गोल अन्तरको जित निकालेको हो।

National life

बायर्नको सानदार जितका लागि थोमस मुलर र फिलिप काउटिन्होले समान २–२ गोल गरे भने इवान पेरिसिच, सर्ज ग्नाब्री, जोसुवा किमिच र रोवर्ट लेवान्डोस्कीले १–१ गोल गरे।

लेवान्डोस्किको पासलाई सदुपयोग गर्दै चौथो मिनेटमै मुलरले सुरुवाती गोल गरे। तर सातौँ मिनेटमा बायर्नकै डेबिड अल्बाले आफ्नै पोस्टमा गोल गरेर खेललाई बराबरीमा ल्याए।

खेलमा सुरुवातबाटै दबाब बनाएको बायर्नले २१ औं मिनेटमा दोस्रो गोल गर्दै पुनः अग्रता कायम गर्यो। ग्नाब्रीको पासमा पेरिसिचले गोल गरेपछि भने बायर्नले अग्रता गुमाउनु परेन। बरु २७ औं मिनेटमा ग्नाब्रीले गोल गर्दै दुई गोलको अग्रता बनाए।

बार्यन यतिमा रोकिएन, किमिचको पासमा मुलरले व्यक्तिगत दोस्रो गोल थपे। उनले ३१ औं मिनेटमा गरेको गोलसँगै बार्यन पहिलो हाफमा ४–१ गोलले अघि रह्यो।

Laxmi sunrise bank
kumari

दोस्रो हाफमा पनि बायर्नले ४ गोल थप्यो। ६३ औं मिनेटमा किमिचले गोल गरे भने ७५ औं मिनेटमा मैदान छिरेका काउटिन्होले ८२ औं मिनेटमा लेवान्डोस्कीलाई एसिस्ट गरे।

लेवान्डोस्किको गोलसँगै ६ गोल स्कोर गरेको बार्यनका बाँकी दुवै गोल काउटिन्होले नै गरे। डिफेन्समा कमजोर देखिएको बार्सिलोनाविरुद्ध ८५ औं मिनेटमा मुलरको पासमा गोल गरेका काउटिन्होले हर्नान्डेजको पासलाई सदुपयोग गर्दै ८९ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे।

काउटिन्होको दोस्रो गोलसँगै बार्यनले ८–२ गोलको जित निकाल्न सफल बन्यो। जहाँ बार्सिलोनाका लुइस सुआरेजले खेलको ५२ औं मिनेटमा सान्त्वना गोल गरेका थिए।

जितसँगै बायर्न उपाधिको नजिक पुगेको छ। अब उसले सेमीफाइनलमा म्यानचेस्टर सिटी र लियोनको विजेतासँग खेल्ने छ।

यता, बायर्नका फरवार्ड लेवान्डोस्कीले जारी च्याम्पियन्स लिगमा १४ गोल पुर्याएका छन्। उनले गएरातिको खेलमा गोल गर्दै १४ गोल पुर्याएका हुन्।

प्रकाशित: Aug 15, 2020| 05:24 शनिबार, साउन ३१, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।