मंगलबार, जेठ ५, २०८३

त्रिविसमक्ष प्रप्रासंले राखेका मागप्रति ६ वटा पेसागत संगठनको ऐक्यबद्धता

त्रिवि पदाधिकारीहरुले विश्वविद्यालयमा मच्चाएको चरम राजनीतिकरण, अनियमितता तथा गैरप्राज्ञिक र गैरप्रशासनिक गतिविधिप्रति विभिन्न पेसागत संघसंगठनले निन्दा गरेका छन्।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं- त्रिवि पदाधिकारीहरुले विश्वविद्यालयमा मच्चाएको चरम राजनीतिकरण, अनियमितता तथा गैरप्राज्ञिक र गैरप्रशासनिक गतिविधिप्रति विभिन्न पेसागत संघसंगठनले निन्दा गरेका छन्।

National life

ती संघसंगठनले संयुक्त विज्ञप्ति प्रकाशित गरी आन्दोलनरत प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालको मागप्रति ऐक्यबद्धता जनाउँदै विश्वविद्यालय प्रशासनलाई प्राज्ञिक संस्थाको मर्यादामा धज्जी उडाउने काम बन्द गर्न आग्रह गरेका हुन्।

उनीहरुले संवादबाट समाधान खोज्नुपर्ने प्रक्रियालाई नपन्छाउन त्रिवि प्रशासनको ध्यानाकर्षण गराएका छन्।

यसरी ध्यानाकर्षण गराउनेमा नेपाल ट्रेड युनियन कांग्रेस, नेपाल प्रेस युनियन, नेपाल शिक्षक संघ, डेमोक्रेटिक लयर्स एसोसिएसन, नेपाल चिकित्सक संघ, प्रजातान्त्रिक इन्जिनियर संघलगायत छन्।

यी संघसंगठनले प्रजातन्त्रवादी प्राध्यापक संघ, अध्यक्ष जगत तिमिल्सिना र महासचिव राजेन्द्र गौतमसमेतलाई व्यक्तिगत निशाना साँधी लगाइएको झुट्टा मुद्दामामिला तत्काल फिर्ता लिएर प्राज्ञिक संस्थाका समस्या संवादका माध्यमबाट समाधान गर्न आग्रह गरेका छन्।

प्रजातन्त्रवादी प्राध्यापक संघ ‘त्रिविलाई प्राज्ञिक सुशासनको केन्द्र बनाऔं’ भन्ने उद्घोषसाथ त्रिवि प्रशासनसमक्ष ३३ बुँदे माग अघि सारेर चरणबद्ध रुपमा दबाबमूलक कार्यक्रम गर्दै आएको छ।

विज्ञप्तिमा भनिएको छ, 'व्यक्तिगत निशाना साँधी पञ्चायतकालीन कानुनमा टेकेर झुट्टा मुद्दामामिलाको सहाराले आन्दोलनलाई दबाउने त्रिविका पदाधिकारीहरुको प्रयास पञ्चायतकालीन फासिस्ट शैलीको नमुना हो।'

विज्ञप्तिमा आन्दोलनरत प्रजातन्त्रवादी प्राध्यापक संघसँग द्वन्द्व सिर्जना नगरी सम्मानित अदालतले दिएको निर्देशनको पालना गर्न तथा नाटकीय रुपमा आफ्नै प्राध्यापकहरुलाई लगाएको झुट्टा मुद्दा तुरुन्त फिर्ता गरी वार्ताको टेबुलमा बसी समस्याको समाधान खोज्न त्रिवि प्रशासनसँग माग गरिएको छ।

प्रकाशित: Aug 14, 2020| 21:32 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्