सोमबार, असार २९, २०८३

ब्राजिलका मिडफिल्डर विलियन आर्सनलमा अनुबन्ध

इंग्लिस क्लब आर्सनलले ब्रजिलियन मिडफिल्डर विलियन डि सिल्वालाई अनुबन्ध गरेको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

लन्डन- इंग्लिस क्लब आर्सनलले ब्रजिलियन मिडफिल्डर विलियन डि सिल्वालाई अनुबन्ध गरेको छ। उसले निःशुल्क अनुबन्धन अन्तर्गत तीन वर्षका लागि विलियनलाई क्लबमा भित्र्याएको हो।

चेल्सीमा विलियनको सम्झौता यही सिजनको अन्तिममा सकिएको थियो। तर, चेल्सीले लामो सम्झौता गर्न नसकेका कारण आइतबार सम्झौता सकिएका उनी स्ट्यामफर्ड ब्रिजबाट इमिरेट्समा अनुबन्ध भए।

‘म विश्वास गर्छु, उनी यस्ता खेलाडी हुन् जसले हामीलाई फरक अनुभूति गराउन सक्नेछन्,’ आर्सनलका प्रशिक्षक माइकल आर्टेटाले भने, ‘हामी अट्याकिङमा र विंगर पोजिसनमा राम्रो गर्न खोजिरहेका छौँ।’

विलियनले चेल्सीका ३३९ खेलमा सहभागीता जनाइसकेका छन्। उनी रसियन क्लबबाट सन् २०१३ मा चेल्सीमा ३० मिलियन पाउन्डमा अनुबन्ध भएका थिए। उनले चेल्सीबाट दुई प्रिमियर लिग, युरोपा लिग जितेका छन् भने दुई सिजन क्लबको उत्कृष्ट खेलाडीसमेत घोषित भएका छन्।

‘उनी बहुप्रतिभावान् खेलाडी हुन। उनले तीन वा चार छुट्टाछु्टै ठाउँबाट खेल्नसक्छन्,’ आर्टेटाले भने, ‘उनीसँगको गफगाफले म अन्यन्तै खुसी छु। उनीसँग फुटबलका अधिकांश प्रतियोगिताको अनुभवसमेत छ।’

विलियनले चोटका कारण एफए कपको फाइन र बायर्न म्युनिखसँगको दोस्रो लेगको खेल छुटाएका थिए।

प्रकाशित: Aug 14, 2020| 17:41 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।