सोमबार, असार २९, २०८३

भलिबल खेलाडीको कोरोना बिमा लक्ष्मी नारायण ट्रष्टले गरिदिने

१३ औँ दक्षिण एसियली खेलकुद (साग) मा सहभागी राष्ट्रिय भलिबल टोलीका सबै खेलाडीको कोरोना बिमा हुने भएको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं- १३ औँ दक्षिण एसियली खेलकुद (साग) मा सहभागी राष्ट्रिय भलिबल टोलीका सबै खेलाडीको कोरोना बिमा हुने भएको छ। स्व. लक्ष्मिनारायण क्षेष्ठ भलिबल मेमोरियल ट्रष्टले सबै खेलाडीको कोरोना बिमा गरिदिने भएको हो।

ट्रष्टले खेलाडीको आत्मविश्वास बढाउनका लागि खेलाडीको कोरोना बिमा गरिदिने बताएको छ। ‘कोरोना भाइरसको भ्यक्सिन टुंगो नलाग्दासम्म खेलाडीको आत्मबल बढाउन ट्रष्टले गरिदिने कोरोना बिमाले खेलाडीमा राहत महसुस हुन्छ भन्ने विश्वास लिएका छौँ,’ ट्रष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

अघिल्लो वर्षको मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा आयोजित १३ औँ सागमा महिला टिमले रजत पदक जितेको थियो। पुरुषको टिमले भने पदक जित्न सकेको थिएन।

श्रेष्ठ नेपालका अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेट थिए। साथै उनी जावलाखेल भलिबल केन्द्रको संस्थापक उपाध्यक्ष र प्रशिक्षकसमेत हुन्। उनको नामबाट २०६० सालयता भलिबलका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरिँदै आएको छ।

प्रकाशित: Aug 14, 2020| 17:15 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।