बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • उपरथीमा बढुवा भएका पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान

उपरथीमा बढुवा भएका पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं– नेपाली सेनाको उपरथीमा बढुवा भएका सहायक रथी विज्ञानदेव पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– नेपाली सेनाको उपरथीमा बढुवा भएका सहायक रथी विज्ञानदेव पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

जंगी अड्डामा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानसेनापति पूर्णचन्द्र थापाले पाण्डेलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्।

२६ साउनमा बसेको मन्त्रिपरिषद्को बैठकले सहायक रथीबाट उपरथीमा पाण्डेको बढुवा गर्ने निर्णय गरेको थियो।

उपरथीमा बढुवा भएका बिज्ञान देव पाण्डेलाई उत्तर पश्चिम पृतना हेडक्वार्टरको पृतनापतिको जिम्मेवारी दिईएको छ। बढुवा हुनुअघि पाण्डे सैनिक जनसम्पर्क निर्देशनालयमा नेपाली सेनाको प्रवक्ताका रुपमा थिए।

दर्ज्यानी चिह्न प्रदान गर्ने कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिति रहेको थियो।

 

प्रकाशित: Aug 14, 2020| 16:43 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।