काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा बेपत्ता भएका ८ जनाको शव भेटिएको छ।
जुगल गाउँपालिकाका उपाध्यक्ष सिर्जना तामाङले अहिलेसम्म ८ जनाको शव भेटिएको जानकारी दिएकी छिन्।
पहिरोले ३७ घर पुरिएका छन्। ३८ जना बेपत्ता मध्ये ८ जनाको शव अहिलेसम्म भेटिएको गाउँपालिकाले जनाएको छ।
बेपत्ताको खोजीमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, जनप्रतिनिधीहरु र स्थानीय खटिएका छन्।
शव भेटिएका ८ जनाको सनाखत भने हुन सकेको छैन। पहिरोमा परेर गम्भीर घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ।
चार जनाको सदरमुकाम चौतारामा उपचार भइरहेको छ भने एक जना घाइतेलाई काठमाडौंको सिभिल अस्पताल ल्याइएको छ।
