केही दिनयता काठमाडौंका कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ। आज (शुक्रबार) काठमाडौं उपत्यकामा ११९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणमा काठमाडौंका ८३ जना, भक्तपुरका ६ जना र ललितपुरका ३० जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार ६७६ पुगेको छ। यीमध्ये काठमाडौंका १ हजार ३६२ जना, भक्तपुरका ११३ जना र ललितपुरका २२० जना छन्।
