बिहीबार, भदौ ११, २०८३

पछिल्लो २४ घण्टामा ५९४ जनामा कोरोना पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ५९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकअनुसार नेपालमा कुल संक्रमितकाे संख्या २५ हजार ५५१ पुगेकाे छ।

हिजो (बिहीबार) ५२५ जनामा कोरोना पुष्टि भएको थियो।

नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालमा ११ हजार ५७५ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ। योसहित नेपाल हालसम्म ४ लाख ९४ हजार ६१३ जनाको पीसीआर नमुना परीक्षण गरिएको छ।

मन्त्रालयका अनुसार नेपालका विभिन्न क्वारेन्टिनमा हाल १४ हजार ६३८ जना रहेको छन्।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त भएर २४० जना डिस्चार्ज भएका छन्। योसहित हालसम्म कोरोना संक्रमणमुक्त भएर डस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ।

नेपालमा काेराेनाबाट हालसम्म ९९ जनाकाे मृत्यु भइसकेकाे छ। जसमध्ये ७७ जना पुरुष र २२ जना महिला छन्।

प्रकाशित: Aug 14, 2020| 16:24 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।