भैरहवा- नवलपरासी पश्चिममा भोलि शनिबाररातिदेखि निषेधाज्ञा लागू हुने भएको छ ।
आज परासीमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले भदौ ६ गते राति १२ बजेसम्म निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो।
नवलपरासी पश्चिमका प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकका अनुसार साउन ३१ गते राति १२ बजेदेखि भदौ ६ गते राति १२ बजे सम्म मानिसहरुको जमघट, भेटघाट, बैठक, समीक्षा, गोष्ठी ,सेमिनार, छलफल , भेला जस्ता सामूहिक छलफल हुने कार्यक्रम नगर्ने, धार्मिक स्थलमा नित्य पूजा बाहेक अन्य गतिबिधि नगर्ने, चाडपर्व आफ्नै घरभित्र जनस्वास्थ्यका मापदण्ड पूरा गरेर मनाउने गरी निषेधाज्ञा जारी गरिएको हो।
निषेधाज्ञा उल्लंघन गरेमा प्रचलित कानुन अनुसार कारबाही गर्ने पनि प्रशासनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
