बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा कार्यदलबारे नेतृ झाँक्रीको टिप्पणी– कमिटीबाट गठन गरेको भए वैध हुन्थ्यो

नेकपा कार्यदलबारे नेतृ झाँक्रीको टिप्पणी– कमिटीबाट गठन गरेको भए वैध हुन्थ्यो

नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदल नेताहरुले आफूखुसी गठन गरेको टिप्पणी गरेकी छन्।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– नेकपा केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि गठित कार्यदल नेताहरुले आफूखुसी गठन गरेको टिप्पणी गरेकी छन्।

नेपाल समयसँगको प्रतिक्रियामा उनले कमिटी प्रणालीबाट कार्यदल गठन नभई पुनः नेताहरुले आफ्नै खुसीमा गरेको बताइन्।

‘हामी पार्टी विधि र पद्धतिमा चल्नुपर्छ भनिरहेका छौं,’ उनले भनिन्, ‘कार्यदल स्थायी कमिटी बैठकबाटै गरेको भए पनि वैध हुने थियो।’

‘दुई अध्यक्षले गरेका हरेक सहमति पालना भइरहेको छैन’, उनले भनिन्, ‘यद्यपि विवाद समाधान गर्न नेताहरुले तत्परता देखाउनु सकारात्मक भन्नुपर्छ।’

झाँक्रीसहितका नेकपाका ६१ सांसदले पार्टीलाई एकताबद्ध बनाउन र नेतृत्वलाई सहमतिमा आउन दबाब दिन केही दिनअघि हस्ताक्षर सार्वजनिक गरेका थिए।

हस्ताक्षर अभियानमा अन्य सांसदहरु पनि सहभागी हुने झाँक्रीले जानकारी दिइन्।

प्रकाशित: Aug 14, 2020| 16:06 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।