बिहीबार, भदौ ११, २०८३

अपहरण मुद्दा लागेका गाउँपालिका अध्यक्ष पक्राउ

अपहरण तथा शरीर बन्धक कसुरमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन्।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– अपहरण तथा शरीर बन्धक कसुरमा रामेछापको लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष गोविन्द खड्का पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय रामेछापले उनलाई आज पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी निरीक्षक टेकेन्द्र शर्मा पौडेल जानकारी दिए।

‘अपहरण तथा शरीर बन्धक सम्बन्धी कसुरमा जाहेरी परेको थियो,’ उनले भने,‘ हामीले अदालतबाट पक्राउ पुर्जी लिएका थियौं। आज पक्राउ गरेका हौं।’

प्रहरी हिरासतमा राखेर थप अनुसन्धान शुरू गरिएको उनले जानकारी दिए। उपभोक्ता समितिका दर्पण घिसिङलाई बन्धक बनाएर चेकमा सही गर्न लगाएको भन्दै खड्काविरुद्ध जाहेरी परेको थियो।

स्थानीय तहको निर्वाचनमा खड्का तत्कालीन नेकपा एमालेबाट निर्वाचित भएका थिए। अपहरण मुद्दा लागेपछि नेकपाले उनलाई निलम्बन गरेको थियो।

 

प्रकाशित: Aug 14, 2020| 16:04 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।