बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोक पहिरो : ५ जनाको शव भेटियो, ३३ जना अझै बेपत्ता

सिन्धुपाल्चोक पहिरो : ५ जनाको शव भेटियो, ३३ जना अझै बेपत्ता

घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीय उद्धारमा खटिएका छन्।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा बेपत्ता भएका ५ जनाको शव भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डिएसपी माधवप्रसाद काफ्लेका अनुसार उनीहरुको सनाखत भने हुन सकेको छैन।

पहिरोमा परेर गम्भीर घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ। चार जनाको सदरमुकाम चौतारामा उपचार भइरहेको छ भने एक जना घाइतेलाई काठमाडौंको सिभिल अस्पताल ल्याइएको छ।

नेपाली सेनाको टोलीले गम्भीर घाइते भएका पाँच जनाको हेलिकप्टरबाट उद्धार गरेको हो। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, जनप्रतिनिधि र स्थानीय उद्धारमा खटिएका छन्।

 

प्रकाशित: Aug 14, 2020| 14:48 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।