बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीले अन्य रोगका बिरामीको उपचार गर्न नपाउने

कोरोनाको उपचारमा संलग्न स्वास्थ्यकर्मीले अन्य रोगका बिरामीको उपचार गर्न नपाउने

उपचारमा प्रत्यक्ष रुपमा संलग्न स्वास्थ्यकर्मीलाई घरमा बस्न नसक्ने अवस्था आएमा स्वास्थ्यकर्मीका लागि दैनिक २ हजारको दरले अस्पतालले खर्च व्यहोर्ने निर्देशिकामा उल्लेख छ ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– कोभिड–१९ का बिरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी र कर्मचारीले अरु रोगका बिरामीको उपचार गर्न नपाउने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशिका जारी गरेको छ ।

जारी निर्देशिका अनुसार कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारी पनि कोरोनाको जोखिममा रहेकाले अन्य रोगका बिरामीको उपचार गर्न नपाउने उल्लेख गरिएको छ ।

निर्देशिका अनुसार उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई संक्रमितको उपचारमा बाहेक अन्य सेवाग्राही तथा घरपरिवारको सम्पर्कमा जान पनि रोक लगाइएको छ ।

साथै उपचारमा प्रत्यक्ष रुपमा संलग्न स्वास्थ्यकर्मीहरु तथा अन्य कर्मचारीहरुलाई आवश्यकता अनुसार लगातार ७ दिनसम्म बढीमा १२ घण्टासम्म काम गर्ने व्यवस्था मिलाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।

उपचारमा प्रत्यक्ष रुपमा संलग्न स्वास्थ्यकर्मीलाई घरमा बस्न नसक्ने अवस्था आएमा स्वास्थ्यकर्मीका लागि दैनिक २ हजारको दरले अस्पतालले खर्च व्यहोर्ने निर्देशिकामा उल्लेख छ ।

प्रकाशित: Aug 14, 2020| 14:39 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।