बिहीबार, भदौ ११, २०८३

राहत सामग्री लिएर गृहमन्त्री सिन्धुपाल्चोक उडे

गृहसचिव महेश्वर न्यौपाने, विपद् प्राधिकरणका सिईओ सहितको टोली लिएर गृहमन्त्री थापा पहिरो गएको ठाउँतर्फ उठेको गृह मन्त्रालयले जनाएको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– गृहमन्त्री रामबहादुर थापा सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परेका पीडितका लागि राहत सामग्री लिएर त्यसतर्फ प्रस्थान गरेका छन्।

केहीबेरअघि काठमाडौंबाट नेपाली सेनाको हेलिकप्टर लिएर गृहमन्त्री थापा सिन्धुपाल्चोक प्रस्थान गरेका हुन्। गृहसचिव महेश्वर न्यौपाने, विपद् प्राधिकरणका सिईओ सहितको टोली लिएर गृहमन्त्री थापा पहिरो गएको ठाउँतर्फ उठेको गृह मन्त्रालयले जनाएको छ।

शुक्रबार बिहान गएको पहिरोमा ३८ जना बेपत्ता भएका छन्। पहिरोले ३७ घर पुरेको छ। पहिरो गए लगत्तै आजै बिहान सभामुख अग्निप्रसाद सापकोटासमेत सिन्धुपाल्चोक पुगेका थिए। उनले पहिरो स्थलको निरीक्षण र अनुगमन गरेका छन्।

त्यहाँका सरकारी अधिकारीहरुलाई उद्धारमा खटिन उनले निर्देशन दिएका छन्। पहिरो स्थलको निरीक्षण र अनुगमन गरेर सभामुख काठमाडौं फर्किसकेको जुगल गाउँपालिकाकी उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन्।

 

प्रकाशित: Aug 14, 2020| 14:36 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।