बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भूकम्प प्रभावितसँग घुस खाने इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

भूकम्प प्रभावितसँग घुस खाने इन्जिनियरसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत मर्स्याङ्दी गाउँपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर टीका प्रसाद गुरुङविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– लमजूङमा भुकम्प प्रभावितसँग घुस खाने इन्जिनियरसहित चार जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत मर्स्याङ्दी गाउँपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्रकुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर टीका प्रसाद गुरुङविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

करार सेवामा कार्यरत मण्डल र गुरुङले ८ जना भूकम्प प्रभावितहरुसँग भवन निर्माणको रकम निकासाका लागि जनही ५० हजारका दरले घुस लिएको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको थियो।

अनुसन्धानको सिलसिलामा भूकम्प प्रभावितहरुसँग निर्माण गरेको घरको मापदण्ड नमिलेको भन्ने बहानामा प्राविधिक मूल्याङ्कन गराई रकम स्वीकृत गराउन सिफारिस गर्न ढिलाइ गरेको अख्तियारले जनाएको छ।

यस्तै कैलालीको चुरे गाउँपालिकाका सव–इन्जिनियर चन्द्रदेव भट्टविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ। भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसके पछि पनि इस्टिमेट नापजाँच तथा मूल्याङ्कन गरिदिएवापत सेवाग्राहीसँग लिएको २० हजार घुससहित अख्तियारले उनलाई पक्राउ गरेको थियो।

यस्तै कञ्चनपुरको शुक्लाफाँटा आधारभूत विद्यालयका शिक्षक मिरा रानाविरुद्ध नक्कली अध्यापन अनुमति पत्र पेश गरेर जागिर खाएको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको छ। रानाले प्राथमिक तह राहत अनुदान कोटामा नक्कली अध्यापन अनुमति पत्र पेश गरेर जागिर खाएको अख्तियारले जनाएको छ।

प्रकाशित: Aug 14, 2020| 13:55 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।