बिहीबार, भदौ ११, २०८३

नेकपा विवाद समाधान गर्न ६ सदस्यीय कार्यदल गठन

उक्त कार्यदललाई सहमतिको प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– पार्टीभित्र देखिएको विवाद समाधान गर्न नेकपाले ६ सदस्यीय कार्यदल गठन गरेको छ। दुई अध्यक्षबीच विवाद समाधानका लागि कार्यदल बनाउने सहमति भएको नेकपा स्रोतले जानकारी दिएको छ।

कार्यदलमा महासचिव विष्णु पौडेल, ५ नम्बर प्रदेशका मुख्यमन्त्री एवम् स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, जनार्दन शर्मा, भीम रावल, पम्फा भुसाल र सुरेन्द्र पाण्डे सदस्य छन्।

उक्त कार्यदललाई सहमतिको प्रस्ताव तयार पार्ने जिम्मेवारी दिइएको छ।

बिहीबार दुई अध्यक्षको भेटवार्तामा महासचिव विष्णु पौडेलले तीनवटा प्रस्ताव सार्वजनिक गरेका थिए। बिहीबारकै बैठकमा नेताहरुबीच कार्यदल बनाउने सहमति भएको र शुक्रबारको बैठकमा पूर्णता पाएको स्रोतले जानकारी दियो।

 

प्रकाशित: Aug 14, 2020| 13:33 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।