काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा हालसम्म २२ जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरु कोरोना संक्रमित भएका छन् । शुक्रबार थप ४ जनामा कोरोना पुष्टि भएसँगै संक्रमित हुनेको संख्या २२ पुगेको हो ।
अस्पतालका कोभिड–१९ व्यवस्थापन समिति संयोजक डा सन्तकुमार दासका अनुसार शुक्रबार संक्रमित हुनेमा २ नर्स, एक चिकित्सक र एक कर्मचारी छन् ।
यसअघि बुधबार मात्र इमर्जेन्सीका ४ जना नर्सिङ स्टाफ र दुई जना चिकित्सक सहित ६ जनामा कोरोना भेटिएसँगै आकस्मिक कक्ष सिल गरिएको छ। आकस्मिक कक्षमा कार्यरत सयभन्दा बढीको नमुना परीक्षणको क्रममा रहेको उनले बताए।
सबैको रिपोर्ट आएपछि आकस्मिक कक्षको सेवा सञ्चालनको विषयमा भन्न सकिने दासले जानकारी दिए।
सबैको रिपोर्ट आएपछि आकस्मिक कक्षको सेवा सञ्चालनको विषयमा भन्न सकिने दासले जानकारी दिए।
