बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दुई जना कोरोना संक्रमित चिकित्सकको प्लाज्मा थेरापीबाट उपचार हुँदै

दुई जना कोरोना संक्रमित चिकित्सकको प्लाज्मा थेरापीबाट उपचार हुँदै

एक सातादेखि अस्पतालमा उपचाररत उनीहरुलाई स्वास्थ्यमा सुधार नभएपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको हो। नोबेल मेडिकल कलेज विराटनगर र वीर अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि एक सातादेखि उपचारमा उनीहरुको प्लाज्मा थेरापीबाट उपचार गरिएको हो।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडौं– त्रिवि शिक्षण अस्पतालमा थप दुई जना कोरोनाका बिरामीको प्लाज्मा थेरापीबाट उपचार गरिएको छ। कोरोना संक्रमण भएपछि गम्भीर अवस्थामा पुगेका २ जनालाई बुधबार र बिहीबार प्लाज्मा थेरापीबाट उपचार गरिएको अस्पतालले जनाएको छ ।

एक सातादेखि अस्पतालमा उपचाररत उनीहरुलाई स्वास्थ्यमा सुधार नभएपछि प्लाज्मा थेरापीबाट उपचार गरिएको हो। नोबेल मेडिकल कलेज विराटनगर र वीर अस्पतालमा कार्यरत दुई चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि एक सातादेखि उपचारमा उनीहरुको प्लाज्मा थेरापीबाट उपचार गरिएको हो।

दुवै चिकित्सकमा कोरोना भाइरसको कडा लक्षण देखिएपछि शिक्षण अस्पतालमा अक्सिजन दिएर उपचार गरिँदै आएकोमा सुधार नभएपछि शिक्षण अस्पतालले दुवै चिकित्सकलाई प्लाज्मा थेरापी विधिबाट उपचार गरेको हो।

अहिले उनीहरुको अवस्था कस्तो छ भन्ने बारेमा खुलाइएको छैन। अनुसन्धान परिषदले अनुसन्धान गरिरहेकाले यस विषयमा थप जानकारी दिन नमिल्ने अस्पतालले जनाएको छ।

त्रिवि शिक्षण अस्पताल कोभिड व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासका अनुसार नोबेल मेडिकल कलेज विराटनगरका संक्रमित चिकित्सकलाई गत मंगलबार त्रिवि शिक्षण अस्पताल ल्याइएको थियो भने वीर अस्पतालका संक्रमित चिकित्सकलाई गत शनिबार त्रिवि शिक्षण अस्पतालमा ल्याइएको थियो।

यसअघि गम्भीर अवस्थाका एक बिरामीमा प्लाज्मा थेरापीबाट उपचारपछि सुधार भएपछि अस्पतालले अन्य बिरामीमा पनि प्लाज्मा थेरापीबाट उपचार सुरु गरेको हो ।

कोरोनाको उपचारमा पहिलोपटक नेपालमा प्लाज्मा थेरापी सफल भएपछि नेपाल स्वास्थ्य अनुसन्धान परिषदले १८ वर्ष पुगिसकेका तर गम्भीर अवस्थामा पुगेका कोरोना संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट अध्ययन गर्न तीनवटा निजीसहित १२ वटा प्रयोगशालालाई स्विकृति दिएको थियो ।

परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीका अनुसार निजीतर्फ नेपाल मेडिसिटी, ह्याम्स र ग्राण्डी अस्पताल तोकिएको छ । त्यस्तै सरकारी तथा सामुदायिक तर्फ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धुलिखेल अस्पताल, त्रिवि शिक्षण अस्पताल रहेका छन् ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला, नेपालगञ्ज मेडिकल कलेज, भक्तपुर अस्पताल, नारायणी अस्पताल, भेरी अस्पताल र सेती अस्पताल पनि यो विधिबाट उपचार गर्नका लागि स्वीकृति पाएका छन् ।

प्रकाशित: Aug 14, 2020| 12:23 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।