शनिबार, असोज १७, २०८३

सुनचाँदीको मूल्य घट्यो, आजको बजार भाउ कति?

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई सयले घटेको हो।
 |  सोमबार, असोज ४, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, असोज ४, २०७८

काठमाडौं- नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य दुई सयले घटेको हो। 

आइतबार ८९ हजार एक सयमा कारोवार भएको छापावाल सुन आज प्रतितोला ८८ हजार नौ सयमा कारोबार भइरहेको छ। 

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार ४५० कायम गरिएको छ। तेजाबी सुन आइतबार ८८ हजार ६ सय ५०मा कारोवार भएको थियो। 

आज चाँदीको मूल्य प्रतितोला १५ रूपैयाँले घटेको छ। चाँदीको मूल्य आज प्रतितोला एक हजार १३५ कायम गरिएको छ। चाँदीको मूल्य आइतबार प्रतितोला एक हजार १५० थियो।

प्रकाशित: Sep 20, 2021| 12:49 सोमबार, असोज ४, २०७८
प्रतिक्रिया दिनुहोस्