बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सिन्धुपाल्चोक : विकट गाउँमा पहिरो, ठूलो क्षतिको आशंका

सिन्धुपाल्चोक : विकट गाउँमा पहिरो, ठूलो क्षतिको आशंका

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ को विकट बस्ती लिदीमा शुक्रबार बिहानै पहिरो जाँदा कम्तीमा २२ घर पुरिएको छ।
 |  शुक्रबार, साउन ३०, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ३०, २०७७

काठमाडाैं- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ स्थित विकट बस्ती लिदीमा शुक्रबार बिहानै पहिरो जाँदा कम्तीमा २२ घर पुरिएको छ।

सबेरै पहिरोले घर पुर्दा सुतिरहेका मानिसहरु पुरिएको आशंका गरिएको गाउँपालिकाका सूचना अधिकारी ध्रुव थापाले टेलिफोनमा बताए।

उनका अनुसार पहिरोमा पुरिएका १५ जनाजत्तिको सकुशल उद्धार गरिएको छ।

उनले भने, 'सुतिरहेका बेला पहिरो गएकाले धेरै क्षति भएको भन्ने खबर छ। तर विवरण आइसकेको छैन।' बस्ती निकै विकटमा रहेको र टेलिफोन सम्पर्क पनि नभएकाले कति क्षति भयो भन्ने विवरण आउन नसकेको उनले बताए।

सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले २२ घर पुरिएको अपुष्ट जानकारी आएको बताए।

‘खबर आएलगत्तै टोली त्यसतर्फ परिचालन भएको छ,’ उनले भने, ‘टोली पुगिसकेको छैन। त्यहाँ पुगेपछि यकिन विवरण आउँछ।’ घटनास्थल अति विकट क्षेत्रमा रहेकाले सुरक्षाकर्मीको टोली पुग्न कम्तीमा ५ घण्टा लाग्ने बताइएको छ।

खनालले उद्धारका लागि हेलिकोप्टर लैजाने तयारी भइरहेको जानकारी दिए।

प्रकाशित: Aug 14, 2020| 09:25 शुक्रबार, साउन ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।